अजित क्षेत्रीको कथा “मलाई माफ गर है माया”
अफिस सकिनासाथ आज पनि उही चिया पसलमा पुगिसकेको थिएँ । चिया पकाउँदै रहिछन् पसलकी साहुनी । केही दिन यता अफिस समयपछि यो पसलको एक कप चिया र एउटा समोसा खाएर मात्र घर जाने मेरो दैनिकी नै बनेको छ । हल्का चिनी, कडक पत्ती र गाढा दुधमा बनेको भरी गिलास चियाकै कारण म यसै पसलमा आउने गर्छु । मेरो अफिस नेरैका थुप्रै चिया पसलेहरु मुख बंग्याउँछन् नजिकको तिर्थ हेला गर्यो भनेर । कसैले केटीले पकाएको खान गएको भन्छन् ...