दशैँ खर्च जुटाउन किसानलाई अलैँची टिप्न भ्याइनभ्याइ
प्रकाश पाक्साँवा/
तेह्रथुम १ असोज
पूर्वी पहाडी जिल्लाका किसानहरूलाई कालो सुनले परिचित अलैँची भित्र्याउने चटारो सुरु भएको छ । नजिकिँदै गरेको दशैँजस्ता ठूला पर्वहरूका लागि खर्च जुटाउन समयमै अलैँची बिक्री गर्ने गरेका छन् । अर्थतन्त्रको मुख्य मेरूदण्डको रूपमा रहेको अलैँची भित्र्याउन अहिले तेह्रथुमका किसानलाई भ्याइनभ्याइ छ ।
केही वर्षअघि एक लाख पाँच हजार रुपैयाँसम्म प्रतिमन पुगेको अलैँचीको ...