- न्युज कारखाना

तेह्रथुम, २८ भदौ

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले तेह्रथुममा आफ्ना बिमितको निधनपछि परिवारलाई बिमावापतको दाबी भुक्तानी दिएको छ । सवारी दुर्घटनाका कारण ज्यान गुमाएका म्याङलुङ नगरपालिका-२ का यमबहादुर लिम्बूको छोरालाई कम्पनीले मृत्यु दाबी भुक्तानी रकम सोमबार हस्तान्तरण गरेको हो ।

कम्पनीको तेह्रथुम उपशाखाले एक औपचारिक कार्याक्रमको आयोजना गरी मृतकका छोरा सेन्छेहाङ लिम्बूलाई १० लाख रुपैयाँको चेक म्याङलुङ नगरपालिकाका प्रमुख संजयकुमार तुम्बाहाङफेले हस्तान्तरण गरेका छन् ।

ज्योति लाइफको सुरक्षित बचत जीवन बिमा योजनाअन्तर्गतको बीमालेख लिएका यमबहादुर लिम्बूको गत २ साउनमा सवारी दुर्घटनाका कारण मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया