गुजरातले दिल्लीलाई १० विकेटले हरायो, प्लेअफमा सुरक्षित
नयाँ दिल्ली, ५ जेठ । गुजरात टाइटन्सले दिल्ली क्यापिटल्समाथि शानदार जित हासिल गरेको छ ।
आइतवार राती सम्पन्न खेलमा गुजरातले दिल्लीलाई १० विकेटले सानदार रूपमा पराजित गरेको हो ।
दिल्लीले दिएको २०० रनको लक्ष्य पछाएको गुजरातले १९ ओभरमा कुनै विकेट नगुमाएर सो लक्ष्य पुरा गरेको थियो । गुजरातका लागि साई सुदर्सनले अविजित १०८ रन बनाएका थिए थिए भने कप्तान शुभमन गिलले अविजित ९३ रन बनाएका थिए ।
...














