विराटनगर। विराट फुटसल च्याम्पियनसिप-२०८२ को उपाधि सुनसरी जिल्ला टोलीले जितेको छ। आज विराटनगर स्थित जाम्बोरे फुटसल कोर्टमा सम्पन्न फाइनल खेलमा मोरङ जिल्ला टोलीलाई ३ विरुद्ध ४ गोलले हराउँदै सुनसरीले उपाधि जितेको हो।

सुनसरीको जितमा दिवस खत्रीले २, कविन्द्र लिम्बू र विवेक राईले १-१ गोल गर्नुभएको थियो। मोरङका लागि कैलाश बस्नेतले २ गोल र नविन न्यौपानेले १ गोल गर्नुभएको थियो।

च्याम्पियनसिपको उपाधि जिते सँगै सुनसरी जिल्ला टोलीले ट्रफी , मेडल र नगद ३१ हजार र उपविजेता मोरङले ट्रफी , मेडलसहित नगद २१ हजार प्राप्त गरेको आयोजक मन्जिना फाउन्डेसनका अध्यक्ष जतिन ताम्राकार जानकारी दिनु भयो।

त्यस्तै , प्रतियोगिताको उत्कृष्ट खेलाडी मोरङका कैलाश बस्नेत र उत्कृष्ट गोलकिपर सुनसरीका अनुराग श्रेष्ठ हुनुभएको थियो।

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत ( पर्शुराम ) ले विजेता टोलीलाई ट्रफी , मेडल हस्तान्तरण गर्नु भएको थियो।

फाउन्डेसनको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा सम्पन्न च्याम्पियनसिपमा सुनसरी , मोरङ सँगै झापा , उदयपुर र धनकुटाका जिल्ला टोलीको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया