दिपक लिम्बू र मेलिना राईको तिम्रो हुने मन छ को भिडियो सार्वजनिक
दमक ।चर्चित गायक दिपक लिम्बू र गायिका मेलिना राईको स्वर रहेको तिम्रो हुने मन छ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
शुक्रबार गायिका मेलिना राई, रचनाकार तथा संगीतकार विद्या चाम्लिङ राई, निर्देशक भुपेन्द्र तुम्बाहाम्फे लिम्बूलगायत कलाकारहरुको सहभागितामा दमकमा गीतको पोष्टर सार्वजनिक गरिएको हो । शुक्रबार नै रचनाकार राईको युट्युव च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको हो ।
भिडियो निर्देशक एव...














