युट्युबबाट अझै हटाइएन झण्डा जलाइएको विवादित गीत, सामाजिक सञ्जालमा कसले के भने ?
काठमाडौं – युट्युबमा दैनिक सयौं भिडियो अपलोड हुन्छन् । कतिले चर्चा कमाउँछन्, कति गुमनाम हुन्छन् । सोमवार अपलोड भएको एक भिडियोले भने विरोध खेपेको छ । उक्त भिडियोको सामाजिक सञ्जालमा व्यापक विरोध भएको छ ।
‘देशद्रोही’ बोलको उक्त गीत मंगोल हप अफिसियल नामक युट्युब च्यानलमा सार्वजनिक गरिएको थियो । यो समाचार तयार पार्दासम्म उक्त ‘विवादित गीत’ युट्युबबाट हटाइएको छैन ।
हिपहप गीत भन्दै सार्वजनिक ...














