महाशिवरात्रीको पूर्वसन्ध्यामा पशुपतिमा शोभायात्रा सम्पन्न
काठमाडौं । यस वर्षको महाशिवरात्रिको पूर्वसन्ध्यामा मंगलबार शोभायात्रा गरिएको छ । नेपाल भ्रमण वर्षसँग जोडेर महाशिवरात्रिलाई भव्य रूपमा मनाउने योजनाअनुसार मंगलबार शोभा यात्रा गरिएको हो ।
महाशिवरात्रिमा धेरैभन्दा धेरै धार्मिक पर्यटक भित्र्याउने उद्देश्यसहित शोभायात्रा गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले मंगलबार बिहान पशुपतिनाथ मन्दिरको पश्चिम गेटबाट सुरु गरेको शोभायात्रा वनकाली, तिल...