चिसो मौसममा न्यानो दिने खानेकुरा
चिसो मौसम सुरु भैसकेको छ । चिसो दिनप्रतिदिन बढ्दै गएको छ । चिसो सिजनमा विभिन्न रोगहरुले पनि सताउने गर्छ । सामान्य केहि खानेकुरामा ध्यान दिन सक्यो भने जाडो सिजनका लागि हितकर मानिन्छ ।
मह
मह चिसोका लागि उचित मानिन्छ । यसमा एन्टिमाइक्रोवायल तत्व हुने भएकोले कीटाणुको प्रवेशलाई नष्ट गर्छ । साथै पाचन प्रक्रियामा सुधार ल्याउँछ । रोग प्रतिरोधात्मक क्षमताको विकास गर्छ । महको दैनिक प्रयोगले रोगसित लड्...













