पाँच दिवसीय प्रथम साहित्यिक मैत्रीपूर्ण ब्याडमिन्टन खेलको पाँचौँ दिनको खेल तथा समापन समारोह सम्पन्न
काठमाडौँ, पौष ५ गते ।
संसाक मासिक, साहित्यकार खेलकुद समाज नेपाल र गोंगबुँ सामुदायिक पुस्तकालयको संयुक्त आयोजनामा भइरहेको पाँच दिवसीय ’प्रथम साहित्यिक मैत्रीपूर्ण ब्याडमिन्टन खेल’ को पाँचौँ दिनको फाइनल खेलको साथै अतिथिहरूको मैत्रीपूर्ण खेलहरूको प्रमुख अतिथि ३ नं. प्रदेश काठमाडौँ क्षेत्र नं. ६, ‘ख’ का सभासद् योगेन्द्र सङ्ग्रौलाले शुभारम्भ गर्नुभयो । सभासद् सङ्ग्रौलाले खेलाडीहरूलाई ब्याडमिन्टन ¥याकेट...








