फ्राइडे रिलिज : अनमोलको ‘ए मेरो हजुर ३’ र सलिनमानको ‘यात्रा’ आजदेखि हलमा, कुन हेर्ने ?
विराटनगर,
फ्राइडे रिलिजअन्तर्गत आज शुक्रबारदेखि दुई चलचित्र प्रदर्शनमा आएका छन् । आजदेखि प्रदर्शनमा आएका दुई चलचित्र हुन् ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ । दुवै चलचित्रलाई यस वर्षका प्रतिक्षित चलचित्रका रुपमा हेरिएको छ ।
‘ए मेरो हजुर ३’ नायिका एवं निर्देशक झरना थापाकी छोरी सुहाना थापा र नायक अनमोल केसीको मुख्य अभिनय रहेको फिल्म हो । यस फिल्म नायिका झरना थापाको निर्देशनमा बनेको हो । यस चलचित्रलाई सु...