सलमानले यस फिल्मका लागि रुचाएनन् सनी लियोनी
बलिउड नायक सलमान खानको डुबेको करियरलाई माथि उकास्ने काम गरेको फिल्म हो दबंग । दबंगको सफलतापछि सलमानलाई लक नै लाग्यो । सन् २०१० मा रिलिज भएको यस फिल्मले दाममात्र कमाएन सलमानलाई गुमेको नाम पनि दियो । फिल्ममा सलमानको दबंग प्रहरीको भुमिका र उनको एक्सनलाई दर्शकले निकै मन पराए । त्यसपछि उनले दबंग २ बनाए त्यो झनै हिट भयो । यतिबेला सलमान खान भारतको सुटिङ सकेर दबंग ३ को सुटिङमा जुटिसकेका छन् ।
...