राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल गोर्खाली युवा सर्जक ओम छिनालले आफ्नै प्रस्तुतिमा एक गीत भर्खरै बजारमा लिएर आएका छन् । उक्त गीत शितल शिजन डिजिटल म्युजिक प्रालि मार्फत “मर्ने दिन” नाममा बजारमा आएको हो । बिशेष गरेर अलि रोमान्चक धारको गीतहरु बजारमा प्रसस्तै आइरहेको बेलामा यो मन्द बिटको कत्तिको श्रोता तथा दर्शकहरुको मन जित्ने हो हेर्ने बाँकी छ ।

“मर्ने दिन” बोलको गीतमा नबराज गौतम र तुलाषा ओलीको सुमधुर स्वर सुन्न सकिन्छ गीतलाई लय ओम छिनालले भरेका हुन् भने शब्द नबराज गौतमको रहेको छ । आफुले माया गरेको मान्छेलाई अर्कैले सिन्दुर भरेको टुलुटुलु हेरेर बस्नु परेको पिंडालाई यस गीतको म्युजिक भिडियोमा उतारिएको छ । र पनि बिगतमा भएको प्रेम प्रगाडताका कारण मुटु गाँठो पार्उदै उसैको खुसीमा पिंडा सुइकार गरिएको कथा पनि यस गीतको म्युजिक भिडियोमा देख्न पाइन्छ । भिडियोमा सर्जक स्वयम् ओम छिनाल र संचिता शाहीको अभिनय देख्न सकिन्छ । बबिता श्रेष्ठ द्वारा निर्देशित भिडियोलाई छायांकन उमेश हुमागाईं र सम्पादन राजेश कुमारले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया