बिदेशी बिज्ञापन रोक्ने सरकारको नितिबारे दिपकराज यसो भन्छन्
नेपाली सिनेमा क्षेत्रका चर्चित कलाकार , निर्माता तथा लेखक दिपक राज गिरी एक मात्र यस्ता कलाकार हुन जसले देशको समसामायिक कुराहरुमा आफनो अभिव्यक्ति दिने गर्छन् । जबकी कलाकारहरु यस्ता बिषयहरुमा प्राय टाढै बस्छन् । कलाकार एउटा आम नागरिक पनि हुन त्यसैले उनीहरुले पनि यस्ता बिषयहरुमा बोल्दा सकरात्मक सन्देश जाने गर्छ । यसबीच सरकारले ल्याएको विदेशी च्यानलमा ‘क्लिन फिड’ लगाउने (विज्ञापनरहित बनाउने) नितिको सम...














