तृप्ति खड्का गुरुङको संगीत र हरि उप्रेतीको शब्द रचनामा ‘तिम्रो झझल्को’ बजारमा (भिडियो सहित)
काठमाडौं । गायिका तथा संगीतकार तृप्ति खड्का गुरुङ र करण परियारको स्वरमा ‘तिम्रो झझल्को’ बोलको गीत भर्खरै सार्वजनिक भएको छ । गीतमा तृप्ति खड्काको संगीत एवं कवि तथा गीतकार हरि उप्रेतीका मार्मिक र कारुणिक शब्दलहर रहेको छ ।
राजेन्द्र श्रेष्ठको संगीत संयोजनले सजिएको गीतलाई मिक्सिङ र मास्टरिङ भने नरेश पाण्डेले गरेका छन् । सारेगम स्टुडियो, सामाखुसीमा रेकर्ड भएको उक्त गीतको भिडियोमा विजय गुरुङ र नेहा ...














