आजदेखि इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता शुरू

आजदेखि इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता शुरू
काठमाण्डौ – इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता आजदेखि शुरू हुँदैछ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा बुटवलको रामनगर खेल मैदानमा हुने प्रतियोगिताको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । प्रतियोगितामा आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडमी, नेपाल आर्मी, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, गजरात स्टेट भलिबल एसोसियशन, मणिमुकुन्द भलिबल क्लब, गलकोट भलिबल क्लब र र...

गीतकार चिन्तामणि शिवाकोटीको ‘हृदयकी रानी’ सार्वजनिक

गीतकार चिन्तामणि शिवाकोटीको ‘हृदयकी रानी’ सार्वजनिक
काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठ र समीक्षा अधिकारीको स्वरमा रहेको गीत ‘हृदयकी रानी’ सार्वजनिक भएको छ । गीतकार तथा नेपाल राष्ट्र बैङ्कका पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले यस गीतलाई लेखेका हुन् । गीतमा कृति न्यौपानेको सङ्गीत रहेको छ भने पुरुषोत्तम सुवेदीको एरेन्ज छ । कृष्णदेव रुपाखेतीले भिडियो निर्देशन गरेका छन् । भिडियोमा उत्सव दाहालको छायाङ्कन र राहुल बराइलीको कोरियोग्राफी तथा विकास दाहाल...

नेपाल स्रष्टा समाजको स्थापना दिवसमा विभिन्न सम्मान अर्पण

नेपाल स्रष्टा समाजको स्थापना दिवसमा विभिन्न सम्मान अर्पण
काठमाडौं । नेपाल स्रष्टा समाजले मंगलबार राजधानीमा आयोजित भव्य कार्यक्रममा समाजले आफ्नो स्थापना दिवस स्रष्टा सम्मान अर्पण गर्दै मनाएको छ । समाजद्धारा बृहद कार्यक्रमका बीच नगद २१हजार १ सय ११ सहितको सुभद्रा – विश्वराज स्रष्टा सम्मान-२०८१, वरिष्ठ संस्कृतिविद तथा साहित्यकार आर.डी.प्रभास चटौत तथा नगद रु.१५ हजार एक सय रुपैयाँ राशी सहितको कँडेल युवा स्रष्टा सम्मान-२०८१ युवा कवि मनोज भण्डारीलाई समर्पण...

वर्तमान सरकार असफल भयो भने देशमा अराजकता ः डा. कोइराला

वर्तमान सरकार असफल भयो भने देशमा अराजकता ः डा. कोइराला
विराटनगर÷ नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले जनतामा आशा जगाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नेपाल पत्रकार महासंघ सुनसरी शाखाको पदस्थापन कार्यक्रमलाई धरानमा सम्बोधन गर्दै संघीय सांसदसमेत रहेका कोइरालाले जनतामा आशा जगाउने गरी समाचार सम्प्रेषण गर्न पत्रकारहरुलाई आग्रहसमेत गरे । बिहान उठेदेखि नसुतुञ्जेलसम्म समाचार हेर्ने हो भने निराशाले भरिएको मात्रै पाउने गरेको उनको ...

२०८१ साल पौष १७ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८१ साल पौष १७ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
मेष– पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबन्डाको समय छ, व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ। सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ। बिनाकारण आफन्तजनबाट टाढिनुपर्नेछ। मातापिताका बारेमा चिन्ता बढ्नेछ। विशवासपात्रले धोका दिनेछन्। वैदेशिक रोजगारीमा केही समस्या आउनेछन् । श्रम र उत्पादनको राम्रो मूल्य नपाइएला। वृष– एक्लोपनाको अनुभूति हुनेछ। राहुको प्रभावले विवाद, धनहानि, लाञ्...

नेपालमै पहिलोपटक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्तन क्यान्सरको वंशाणुगत परीक्षण शुरू

नेपालमै पहिलोपटक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्तन क्यान्सरको वंशाणुगत परीक्षण शुरू
काठमाण्डाै – स्तन क्यान्सरको वंशाणुगत परीक्षण अर्थात् 'जिन सिक्वेन्सिङ' अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै सम्भव भएको छ । अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले देशका कुनै पनि भागबाट प्राप्त हुने स्तन क्यान्सरको वंशाणुगत परीक्षणका लागि प्राप्त नमूना परीक्षण गर्न सक्ने प्रयोगशाला प्रमुख रञ्जनराज भट्टले जानकारी दिनुभयो । ‘यस्तो परीक्षण पहिलो पटक सम्भव भएको हो’, उहाँले भन्नुभयो, ‘अब देशबाहिर नमू...

ज्येष्ठ नागरिक महासंघद्वारा जग्गादाता र उत्कृष्ट शाखालाई सम्मान

ज्येष्ठ नागरिक महासंघद्वारा जग्गादाता र उत्कृष्ट शाखालाई सम्मान
विराटनगर÷ कोशी प्रदेश ज्येष्ठ नागरिक महासंघले जग्गादातासहित उत्कृष्ट जिल्ला शाखालाई सम्मान गरेको छ । चौथो साधारणसभा तथा दोस्रो अधिवेशनको अवसर पारेर महासंघले मंगलबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनीहरूलाई सम्मान गरेको हो । महासंघले समाजसेवी तथा जग्गादाता सुरेशकुमार श्रेष्ठ र कमला श्रेष्ठलाई सम्मान गरेको छ । महासंघको भवन निर्माणका लागि श्रेष्ठ दम्पत्तिले विराटनगर–५ सम्झनाचोकमा करिब १ करो...

इटहरी उपमहानगरपालिका कार्यालय अगाडि शङ्कास्पद बस्तु, सेनाको टोली पुग्यो

इटहरी उपमहानगरपालिका कार्यालय अगाडि शङ्कास्पद बस्तु, सेनाको टोली पुग्यो
इटहरी– सुनसरीको इटहरी उपमहानगरपालिका कार्यालय अगाडि शङ्कास्पद बस्तु फेला परेको छ। उपमहानगर पालिकाको गेट अगाडि कालो झोलामा तार सहितको शङ्कास्पद बस्तु फेला परेको हो। पालिकाको कार्यालय परिसर पूर्वपश्चिम राजमार्गसँगै जोडिएको छ। सम्वेदनशिल स्थानमा शंकास्पद वस्तु फेला परेपछि अहिले नेपाली सेनाले घेरा हालेको छ। शङ्कास्पद बस्तु डिस्पोजल गर्न सेनाको टोली आएको प्रहरीले जनाएको छ।

बालिकाको गोप्य अंग छोएका पास्टरविरुद्ध उजुरी

बालिकाको गोप्य अंग छोएका पास्टरविरुद्ध उजुरी
येशुले मुक्ति दिनुहुन्छ भन्दै बालिकाहरुको गोप्य अंग छुने गरेका एकजना पास्टरविरुद्ध जिल्ला प्रशासन कार्यालय, सुनसरीमा उजुरी परेको छ । पीडित दुई बालिकाले धरानस्थित होसना बापटिस चर्चका पास्टर डेबिड लिम्बू (नाम परिवर्तन)विरुद्ध उजुरी दिएका हुन् । पुष १० गते क्रिसमस मनाउने क्रममा पास्टर लिम्बूले आफूहरुको गोप्य अंग छोएको र नांगो भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेको बालिकाहरुको आरोप छ । ‘नाटक देख...

इंग्लिस प्रिमियर लिगमा चेल्सी र म्यानचेस्टर युनाइटेड पराजित : एस्टनभिल्ला र ब्राइटनको बराबरी

इंग्लिस प्रिमियर लिगमा चेल्सी र म्यानचेस्टर युनाइटेड पराजित : एस्टनभिल्ला र ब्राइटनको बराबरी
काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर युनाइटेड पराजित भएका छन् । आज बिहान भएको खेलमा चेल्सी इपस्वीच टाउनसँग र युनाइटेड न्यूक्यासलसँग समान २–० गोलले पराजित भएका हुन् । चेल्सी १९ खेलमा ३५ अङ्कका साथ तालिकाको चौथो स्थानमा छ । समान खेलमा १५ अङ्कका साथ इपस्वीच टाउन तालिकाको १८ औँ स्थानमा रहेको छ । यस्तै १९ खेलमा ३२ अङ्कका साथ न्यूक्यासल अङ्क तालिकाको पाँचौँ स्थानमा रहँ...