आजदेखि पशुपतिमा १ महिने बृहत् कोटिहोम महायज्ञ सुरु

आजदेखि पशुपतिमा १ महिने बृहत् कोटिहोम महायज्ञ सुरु
काठमाडौँ ।  आजदेखि पशुपति क्षेत्रमा ‘ऐतिहासिक पशुपति कोटिहोम एवं १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ सुरु भएको छ । इतिहासमै पहिलो पटक हुँदै गरेको ऐतिहासिक कोटिहोम मानव सेवा फाउन्डेसनलगायत विभिन्न संघ–संस्थाको आयोजनामा साउन महिनाभर पशुपति क्षेत्र परिसरमा कोटिहोम महायज्ञ आयोजना हुँदैछ । कोटिहोमको पूर्वसन्ध्यामा विभिन्न र्‍याली तथा प्रभातफेरि जस्ता कार्यक्रमको आयोजना गरिएको थियो ...

महानगरले खरिद गरेको मोटरबोटको सफल परीक्षण

महानगरले खरिद गरेको मोटरबोटको सफल परीक्षण
विराटनगर ÷ विराटनगर महानगरपालिकाले खरिद गरेको मोटरबोटको केसलिया नदीमा परीक्षण गरिएको छ । बाढी र डुबानका समयमा उद्धारका लागि महानगरले ९ लाख ७५ हजारमा खरिद गरेको मोटरबोटको मंगलबार परीक्षण गरिएको हो । मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीलाई मोटरबोटमा राखेर नगर प्रहरीले परीक्षण गरेको थियो । वर्षाको समयमा बाढी र डुबानमा फसेका नागरिकलाई उद्धारम...

लागुऔषध सहित १ जना पक्राउ

लागुऔषध सहित १ जना पक्राउ
लागुऔषध सहित १ जना पक्राउ मोरङ, २०८१ साउन १ गते । मोरङ विराटनगर महानगरपालिका- १५ एक नम्बर ढाँट स्थितबाट लागुऔषध सहित १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका- १६ का ४४ बर्षीय शरण श्रेष्ठ रहेका छन् । आज दिउसो १ बजे भारतबाट नेपाल तर्फ आउदै गरेका श्रेष्ठलाई लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले AVIL-१० एम्पुल, DIAZEPAM-१० एम्पुल, LUPIZSIC-१० एम्प...

आज साउने संक्रान्ति, कुन समुदायमा कसरी मनाइन्छ ?

आज साउने संक्रान्ति, कुन समुदायमा कसरी मनाइन्छ ?
काठमाडौं । आज साउन १ गते अर्थात् साउने संक्रान्ति पर्व, देशभर मनाइन्छ । ज्योतिष शास्त्र अनुसार सौर तिथिको हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गरी दक्षिणायण हुने हुनाले यसलाई ‘कर्कट संक्रान्ति’ पनि भनिन्छ । सामान्यतया सूर्यले सबै राशीलाई प्रभावित गरेतापनि सूर्यको कर्कट राशी (साउने संक्रान्ति) र मकर राशी (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ । आजको दिन...

बस र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु

बस र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु
बिर्तामोड, असार ३१ । झापाको कनकाईमा बस र मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कनकाई नगरपालिका वडा नम्बर ४ कोट्टिहोम नजिकै पूर्वपश्चिम राजमार्गमा आज (सोमबार ) साँझ ७ बजे पश्चिमबाट पूर्व आउँदै गरेको प्रदेश १–०१ – ००१ ख २४२३ नम्बरको बस र पूर्व बाट पश्चिम तर्फ जाँदै गरेको को१९प६३८२ नम्बरको बुलेट मोटरसाइकल दुर्घटना हुँदा कमल गाँउपालिका– ५ का ४१ वर्षीय लक्ष्मी प्रसाद सु...

गीताज्ञान अभियानको बागमती प्रदेश र अन्तराष्ट्रिय संयोजन समितिको घोषणा

गीताज्ञान अभियानको बागमती प्रदेश र अन्तराष्ट्रिय संयोजन समितिको घोषणा
गीताज्ञान अभियानको बागमती प्रदेश र अन्तराष्ट्रिय संयोजन समितिको सनातन वैदिक ज्ञानको सारको रूपमा रहेको गीता ज्ञानलाई जीवन र समाजसँग जोड्दै, व्याक्तिगत र सामाजिक रूपान्तरणमा गीता ज्ञानलाई प्रयोग गर्ने लक्ष्यका साथ सुरु भएको अभियान गीताज्ञान अभियानको बागमती प्रदेश र अन्तराष्ट्रिय संयोजन समितिको घोषणा भएको छ l लिभरपुल इन्टरनेशनल कलेज, बानेश्वरका व्यवस्थापन निर्देशक, डा. पुरुषोत्तम भण्डारीको...

बिद्या भट्टराई बनिन् शिक्षामन्त्री

बिद्या भट्टराई बनिन् शिक्षामन्त्री
काठमाडौं । कास्की- २ बाट निर्वाचित नेकपा एमालेकी सांसद बिद्या भट्टराई शिक्षामन्त्री बनेकी छन् । पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारमा भट्टराईलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।  भट्टराई स्वर्गीय एमाले नेता रवीन्द्र अधिकारीकी धर्मपत्नी हुन् । पर्यटनमन्त्री रहेकै बेला २०७५ साल फागुन १५ गते हेलिकप्टर दुर्घटनामा परेर अधिकारीको निधन भएपछि बिद्या  उपनिर्वा...

दोहोरो अंकले घट्यो नेप्से

दोहोरो अंकले घट्यो नेप्से
काठमाडौँ । नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १७.१८ अङ्कले घटेर २२४०.४१ अङ्कमा रोकिएको हो । नयाँ अर्थमन्त्री विष्णु पौडेलले पदभार सम्हालेकै दिन सेयर बजार घटेको छ । आज ३२२ कम्पनीको दुई करोड ५० लाख ७९ हजार ७९ कित्ता शेयर एक लाख २ हजार ३७२ पटक खरिदबिक्री हुँदा ८ अर्ब ७३ करोड १४ लाख ३६ हजार ३७ बराबरको कारोबार भएको छ। त्यसैगरी सिभिल बैंक डिभेन्चर र मन्दु हाइड्रोको सेयर...

साउन ०१ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

साउन ०१ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ । भेटघाटले पूर्वार्ध रमाइलो हुनेछ । धन कमाउने अवसर पनि मिल्ने देखिन्छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ । नयाँ काममा हात हाल्ने अवसर जुट्न सक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मन मिल्ने साथी भेटिएपनि मनको भाव व्यक्त गर्न उपयुक्त साइत पर्खन...

प्रधानमन्त्री ओलीको शपथ आज

प्रधानमन्त्री ओलीको शपथ आज
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शपथ लिदै छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई बिहान ११ बजे पद तथा गोपनियताको शपथ गराउने कार्यक्रम तय गरिएको छ । आजै नवनियुक्त मन्त्रीहरुले पनि शपथ दिलाउने तयारी गरिएको छ । आइतबार राष्ट्रपति पौडेलले संबिधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त्त गरेका थिए ...