नारायणी नदीमा फसेका २ जनाको सशस्त्रका गोताखोरले गरे उद्वार

नारायणी नदीमा फसेका २ जनाको सशस्त्रका गोताखोरले गरे उद्वार
चितवन । असार २२ गते साँझ पूर्वी नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका–६ बुटवल बजारस्थित नारायणी नदीको भंगालमा माछा मार्ने क्रममा फसेका २ जना व्यक्तिको करीव  ५ घन्टापछि सशस्त्र प्रहरी बलको गोताखोरले सकुशल उद्वार गरेको छ । माछा मार्ने क्रममा ३ जना फसेकोमा एक जना पौडिएर बाहिर आएका थिए । बांकी २ जनाको सशस्त्र  प्रहरी बल नेपाल बिपद् ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको  गोताखोरले शनिबार राती सवा...

सोमबारदेखि सरकारी खाता रोक्का, चालु आवको भुक्तानी हुने अन्तिम दिन पनि सोमबार

सोमबारदेखि सरकारी खाता रोक्का, चालु आवको भुक्तानी हुने अन्तिम दिन पनि सोमबार
काठमाडौँ, असार २३ गते । यही असार २४ गते मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएको छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले सञ्चालन गर्ने खाता बन्द गरिने मलेनिकाका प्रवक्ता ओमप्रसाद रिजालले ज...

युरोकपको सेमिफाइनलको समीकरण पुरा

युरोकपको सेमिफाइनलको समीकरण पुरा
काठमाडौँ । जारी युरोकपको सेमिफाइनलको समीकरण पुरा भएको छ । गएराती क्वाटरफाइनलका खेल सम्पन्न भएसँगै सेमिफाइनलमा पुग्ने चार देशको टुगो लागेको हो । २४ देशले भाग लिएको यस प्रतियोगितामा अब चार देश सेमिफाइनलमा पुगेका छन् । जसमा स्पेन, फ्रान्स, इङल्याण्ड र नेदरल्याण्डस रहेका छन् । स्पेनले क्वाटरफाइनलमा आयोजक जर्मनीलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने फ्रान्सले पोर्चुगललाई पेनाल...

बाइडेनलाई उम्मेदवारी छोड्न चन्दादाताको दबाब

बाइडेनलाई उम्मेदवारी छोड्न चन्दादाताको दबाब
काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई आगामी राष्ट्रपति पदको उम्मेदवारी छोड्न दबाब बढिरहेको बेला उनले आफ्नो उम्मेदवार नछोड्ने जिकिर गरिरहेका छन् । एबीसी न्यूजसँगको अन्तर्वार्तामा बाइडेनले आफुले उम्मेदवारी नछोड्ने बताउदै भने-‘जबसम्म भगवान आफैं नआउनुहुन्छ र मलाई उम्मेदवारी छोड्न भन्नुहुन्छ, तबसम्म म पद त्याग्ने छैन ।' डोनाल्ड ट्रम्पसँगको पहिलो बहस हारेपछि बाइडेनले उम्मेदवारी छोड्नुपर्ने धा...

उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा

उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा
काठमाडौँ । उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ । जारी कोपा अमेरिकाको क्वाटरफाइनलमा उरुग्वेले ब्राजिललाई पेनाल्टी सुट आउटमा ४-२ गोलले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै देशले कुनै गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । यस खेलको ७४औ मिनेटमा उरुग्वेका नाहितान नानडेजले रातो कार्ड पाएपछि उरुग्वे १० खेलाडीमा सिमित भएको...

गायक अर्जुन पन्तको स्वरमा ”दिदि भाई ३ ” सार्वजनिक

गायक अर्जुन पन्तको स्वरमा ”दिदि भाई ३  ” सार्वजनिक
काठमान्डाँै । महिलाहरुको महान चार्ड तिज आउन अझ केहि महिना बाँकी छ तर तिजका गीतहरु भने सार्वजनिक हुने क्रम सुरु भएको छ । यसै विचमा न्यु अन्जना डिजिटल मिडियाको प्रस्तुतीमा गायक अर्जुन पन्त र गायिका सुनिता बुढा क्षेत्री को आवाजमा सजिएको मौलिक तिजको कोशेली ”दिदि भाई ३ ” गीतको भिडियो बजारमा आएको छ दिदि भाई विचको मायालाई चार्ड पर्व सगँ जोडिएको छ । जस्तो अवस्थामा भएपनी आफनो माइतिलाई नविसर्न आग्रह गाय...

नानुमैयाको ‘खुल्ला आकाशमुनि’ मुक्तकसंग्रहको विमोचन

नानुमैयाको ‘खुल्ला आकाशमुनि’ मुक्तकसंग्रहको विमोचन
विराटनगर ÷ युवा साहित्यकार नानुमैया दाहालको ‘खुल्ला आकाशमुनि’ मुक्तकसंग्रहको विमोचन गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको कार्यक्रममा सो मुक्तकसंग्रहको विमोचन गरिएको हो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदी, पूर्वाञ्चल साहित्य प्रतिष्ठानजका अध्यक्ष प्राज्ञ विवश पोखरेल, चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदी, अग्रज ग...

पत्रकार महासंघको चुनाव फेरि पनि स्थगित

पत्रकार महासंघको चुनाव फेरि पनि स्थगित
काठमाण्डौ – नेपाल पत्रकार महासंघको चुनाव फेरि स्थगित भएको छ । हिजो महासंघको केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति निकालेर आजका लागि निर्धारित चुनाव स्थगित भएको जनाएको हो । चुनाव गर्नका लागि निर्वाचन समिति प्रतिबद्ध रहँदा रहँदै पनि सहज वातावरण बन्न नसकेकोले आजका लागि निर्धारित मतदानको कार्यक्रम हुन नसक्ने विज्ञप्तिमा उल्लेख छ । पत्रकार महासंघबाट मतदान हुने मिति तोकी आएमा चुनावी कार्यक्रम अघि ब...

आजको राशिफल ~ वि.सं. २०८१ आषाढ २२ गते शनिवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ आषाढ २२ गते शनिवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष– परोपकारकारका क्षेत्रमा मन आकर्षित हुनेछ, मिष्ठान्न भोजनको अवसर आउने छ भने मित्रजन संग पनि भेटघाट होला । व्यापारबाट राम्रै आम्दानी हुनसक्छ ।ै नसोचेको काम बन्ने छ, प्रियसाथीसंग पनि भेटघाट होला । वृष– भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला, सवारीसाधन चलाउदा विचार पुर्याएर मात्र चलाउनु होला । खानामा सचेत रहनु पर्ने दिन छ । अनावस्यक झमेलामा परिएला, यात्राको क्रममा सावधान रहनु होला । मिथ...

पशुपति कोटिहोम महायज्ञको तयारी अन्तिम चरणमा, शनिबार बिहान मोटरसाइकल र्‍याली गरिँदै

पशुपति कोटिहोम महायज्ञको तयारी अन्तिम चरणमा, शनिबार बिहान मोटरसाइकल र्‍याली गरिँदै
काठमाडौँ । पशुपति कोटिहोम महायज्ञको पूर्व सन्ध्यामा वृहत मोटरसाइकल र्‍याली कार्यक्रम आयोजना गरिएको छ । आयोजक मानव सेवा फाउण्डेसनका अनुसार भोलि असार २२ गते, शनिवार विहान ११ बजेबाट मोटरसाइकल र्‍याली सुरु हुने श्रीमद्भागवत कथा पुराण प्रवक्ता वालयोगेश्वर श्री विजय कृष्णमुर्ती जी महाराजले जानकारी दिनुभयो । मोटरसाइकल र्‍याली पशुपति क्षेत्रबाट सुरु भएर चाबहिल, सुकेधारा, चक्रपथ, बसुन्धारा, गोंगबु, बाल...