‘लडाईं पहिचानको’ले सार्वजनिक गर्यो दोस्रो खस देउडा गीत ‘बैशालु जोबन भयो ढलमल’
मंसिर ५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘लडाईं पहिचानको’ ले आफ्नो दोस्रो खस देउडा गीत ‘बैशालु जोबन भयो ढलमल’ सार्वजनिक गरेको छ।
गीतमा अभिनेत्री करिश्मा मानन्धर र अभिनेता रोशन शर्मालाई आकर्षक र रोमान्टिक रूपमै प्रस्तुत गरिएको छ।
गीतमा प्रताप दास र बबीना किराँतीको स्वर सुन्न सकिन्छ भने शब्द र संगीत भीम बस्नेतले तयार पारेका हुन्।
चलचित्रका लेखक तथा निर्देशक भीम लामा हुन्, जसले यसमा...














