१६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘आ बाट आमा’ को नयाँ गीत ‘जाँदैछु नौ डाँडा काटेर’ आज सार्वजनिक गरिएको छ। भावनात्मक यस गीतले फिल्मको मुख्य पात्र परदेशिन लाग्दाको मनोदशा र आफ्नै सन्तानसँग बिछोडिनु पर्दाको गहिरो पीडालाई मार्मिक रूपमा प्रस्तुत गरेको छ। सार्वजनिक गीतको भिडियोमा चलचित्रका प्रमुख कलाकारहरू पल शाह, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्त लगायतलाई देख्न सकिन्छ त्यस्तै गीतमा करण परियारको सशक्त स्वर छ भने अभि सुनारको शब्द तथा संगीतले गीतलाई अझ भावुक बनाएको छ।

चन्द्र पन्तको निर्देशनमा बनेको यस चलचित्र आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण गरिएको हो भने फिल्मको कथा र पटकथा स्वयं निर्देशक पन्तकै रहेको छ। संवादमा अभिमन्यु निरवी, अमर न्यौपाने र चन्द्र पन्तको सहकार्य छ। चलचित्रमा कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ। करण सिंह रसाइली कार्यकारी निर्माता हुन्।

यसअघि सार्वजनिक भएको ‘लैजा खबर ए हावा’ बोलको गीतले दर्शकको ध्यान खिचिसकेको छ। फिल्ममा कोशिश क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको संगीत, गम्भीर बिष्ट र दिलिप ओखेडाको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन (डीओपी) र मिलन श्रेष्ठको सम्पादन रहेको छ। टिजर र ट्रेलर साहिल खानले तयार पारेका हुन् भने फिल्मको वितरण आरआर फिल्म्सले गर्दैछ।

तपाईको प्रतिक्रिया