सुर्तीजन्य करमा सरकारकै छली
सुर्तीजन्य पदार्थमा अन्तः शुल्क कर बढाएर यसको खपत कम गर्ने सरकारी नीति तथा योजना असफल भएको छ। सुर्तीजन्य पदार्थको नियन्त्रणमा लागेका संघसंस्था, विज्ञ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुर्तीजन्य पदार्थमा कर बढाउन अर्थमन्त्रालयलाई तथ्यपरक सुझाव दिएका थिए।
उनीहरूले हालका लागि विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा हुने गरी ३० देखि ६० प्रतिशतसम्म अन्तःशुल्क वृद्धि गर्न सुझाएका थिए। बिहीबार अर्थमन...














