ग्रामीण चलचित्र महोत्सवमा दयाहाङ र दयाहाङ उत्कृष्ट

ग्रामीण चलचित्र महोत्सवमा दयाहाङ र दयाहाङ उत्कृष्ट
काठमाडौँ । नेपाल ग्रामीण चलचित्र महोत्सव (नेरुफ)को तेस्रो संस्करण सम्पन्न भएको छ । यही बैशाख ६ गतेदेखि ८ गतेसम्म रामेछाप जिल्लामा आयोजना भएको महोत्सवमा फिल्म प्रदर्शनपछि १६ विधामा अवार्ड प्रदान गरियो । लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ उत्कृष्ट फिल्म घोषित हुँदा ‘नाङ्गो गाउँ’बाट दयाहाङ राईले उत्कृष्ट अभिनेता र ‘दिमाग खराब’बाट स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेका छन् । ‘सतीदेवी’...

विपिन जोशीलाई सकुशल फर्काउन कूटनीतिक पहल भइरहेको छ- प्रधानमन्त्री

विपिन जोशीलाई सकुशल फर्काउन कूटनीतिक पहल भइरहेको छ- प्रधानमन्त्री
महेन्द्रनगर । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेलेस्टाइन विद्रोहीको कब्जामा रहेका विद्यार्थीलाई सकुशल नेपाल फर्काउन सरकारले गम्भीरतापूर्वक कूटनीतिक पहल गरेको बताएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति ‘प्रचण्ड’ले पेलेस्टाइन विद्रोहीको आक्रमणमा परेर नेपाली विद्यार्थीले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गरे । “सुदूरपश्च...

इन्ट्रा फाउण्डेसनद्वारा एम्बुलेन्स प्रदान

इन्ट्रा फाउण्डेसनद्वारा एम्बुलेन्स प्रदान
काठमाण्डौः इन्ट्रा फाउण्डेसनको सहयोगमा प्राप्त दुई वटा एम्बुलेन्स यहाँस्थित दुई वटा शिविरलाई प्रदान गरिएको छ । दमकमा रहेको बेलडागी शिविर र पथरीको शनिश्चरे शिविरलाई आज एक कार्यक्रमका बीच कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले एम्बुलेन्स हस्तान्तरण गर्नुभयो । सो अवसरमा उहाँले मोरङको पथरी शनिश्चरे–१० मा स्वास्थ्य चौकीको शुभारम्भ समेत गर्नुभयो । भुटानबाट नेपाल हँुदै तेस्रो मलुक पुनःस्थाप...

निःशुल्क मलामी बसलाई इन्धन उपलब्ध गराउने मेयर कोइरालाको घोषणा

निःशुल्क मलामी बसलाई इन्धन उपलब्ध गराउने मेयर कोइरालाको घोषणा
विराटनगर ÷ विराटनगरमा मलामीका लागि निःशुल्क रुपमा उपलब्ध गराइँदै आएको बसका लागि महानगरपालिकाले इन्धन उपलब्ध गराउने भएको छ । विराटनगरका युवा करिम अन्सारीले निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको मलामी बसका लागि महानगरले इन्धन उपलब्ध गराउने भएको हो । विराट सेवा आश्रमसँगको सहकार्यमा विराटनगर वडा नम्बर १० ले अन्सारी र ज्येष्ठ नागरिकको सम्मानका लागि राखेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर नागेश कोइर...

विराटनगरमा सडक तथा सामुदायिक कुकुरको बन्ध्याकरण सुरु

विराटनगरमा सडक तथा सामुदायिक कुकुरको बन्ध्याकरण सुरु
विराटनगर / सहारा एनिमल केयरसँगको सहकार्यमा विराटनगर महानगरपालिकाले सडक तथा सामुदायिक कुकुरको बन्ध्याकरण सुरु गरेको छ । विराटनगर–५ स्थित सहारा एनिमल केयरमा शनिबारदेखि पोथी कुकुरको बन्ध्याकरण सुरु गरिएको हो । विभिन्न वडाबाट सामुदायिक कुकुरलाई सो स्थानमा ल्याएर बध्याकरण गरिने महानगरका मेयर नागेश कोइरालाले बताउनुभयो । यसरी बन्ध्याकरण गरिएका कुकुरलाई रेविज खोपसमेत लगाइनेछ । मेयर कोइरालाले सामुदायिक...

पर्सामा गहुँ खेतको आगोको झिल्का सल्केर घरमा आगलागी

पर्सामा गहुँ खेतको आगोको झिल्का सल्केर घरमा आगलागी
बैसाख ८ वीरगंज ___पर्साको जिल्लाको छिपहरमाई गाउँपालिकामा –१ भलुवहिया टोलमा आज दिउँसो आगलागी भएको छ । भलुवहिया टोलसँग सिमा जोडिएको भारतीय जिल्लाको बसनपुरस्थित गँहु खेतमा लगाइएको आगोको झिल्का उछिट्टिएर भलुवहयिा टोलस्थित एक घरमा सल्केको प्रहरीले जनाएको छ । भलुवहिया टोलमा लागेको आगलागीबाट कुखुरा फर्म र केहि घरहरू पूर्णरूपले जलेर नष्ट भएको प्रहरीले जनायो । आगलागीबाट भएको क्षतिवारे विवरण आइनसकेको मिर...

नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य

नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य
काठमाडौँ । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि जारी खेलमा टस  जितेर पहिला ब्याटिंग गर्दै नेपालले २० ओभरमा ८ विकेट गुमाउदै १३९ रन बनाएको हो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ४४ रन बनाएका थिए । त्यस्तै सन्दीप जोराले २२, कप्तान रोहित पौडेलले २१, कुशल मल्लले १३, सोमपाल कामीले १२ रन बनाएका थिए । त्यसैगरी हङकङका बलर आयुष सुक्लाले स...

क्यानडाको सबैभन्दा ठुलो सुन डकैतीमा दुइ ‘भारतीय’काे संलग्नताकाे खुलासा

क्यानडाको सबैभन्दा ठुलो सुन डकैतीमा दुइ ‘भारतीय’काे संलग्नताकाे खुलासा
टोरोन्टो, ८ बैशाख । क्यानडाको इतिहासकै सबैभन्दा ठूलो सुन चोरी प्रकरणमा प्रहरीले ६ जना अभियुक्तलाई पक्राउ गरेको छ ।    पक्राउ परेकामध्ये २ जना भारतीय मूलका रहेको क्यानेडियन सञ्चारमाध्यमले जनाएका छन् । साथै,  क्यानडा प्रहरीले थप ३ जनालाई पनि वारेन्ट जारी गरेको छ ।    प्रहरीका अनुसार गत वर्ष क्यानडाको टोरन्टो विमानस्थलमा २२.५ मिलियन डलर बराबरको सुन र नगद लुटिएको थियो । यो क्यानडाको इतिहास...

फिल्म ‘पूजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक

फिल्म ‘पूजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक
काठमाडौँ । दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पूजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक गरिएको छ । शुक्रबार युट्युबमा सार्वजनिक कौडा भाकाको गीतमा हर्क साउदको शब्द रचना, सुवास भुसालको संगीत तथा प्रकाश सपुत र शान्ति श्री परियारको युगल स्वर रहेको छ । माछापुच्छ्रे हिमाललाई पृष्ठभूमिमा राखेर तयार पारिएको गीतमा फिल्मका मुख्य कलाकारहरु आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली र परीक...

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
सिंगापुर, ८ बैशाख । एभरेष्ट किचन किंग मसालाको नाम त तपाईले सुन्नु भएको होला ।    तपाईंले सुन्नु मात्रै होइन, यो ब्रान्डको मसला तपाईंको घरको खानामा प्रयोग पनि गर्नु भएको होला । यो एक धेरै प्रसिद्ध ब्रान्ड हो।    तर, सिंगापुरमा भने एभरेष्ट ब्राण्डको फिश करी मसाला (एभरेष्ट मसाला सिंगापुर) बजारबाट फिर्ता लिन आदेश दिइएको छ । यो मसलामा  ‘कीटनाशक’ इथाइलिन अक्साइडको मात्रा तोकिएको सीमाभन्दा बढ...