टोरोन्टो, ८ बैशाख । क्यानडाको इतिहासकै सबैभन्दा ठूलो सुन चोरी प्रकरणमा प्रहरीले ६ जना अभियुक्तलाई पक्राउ गरेको छ । 

 

पक्राउ परेकामध्ये २ जना भारतीय मूलका रहेको क्यानेडियन सञ्चारमाध्यमले जनाएका छन् । साथै,  क्यानडा प्रहरीले थप ३ जनालाई पनि वारेन्ट जारी गरेको छ । 

 

प्रहरीका अनुसार गत वर्ष क्यानडाको टोरन्टो विमानस्थलमा २२.५ मिलियन डलर बराबरको सुन र नगद लुटिएको थियो । यो क्यानडाको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो डकैती थियो।

गत वर्ष अप्रिल १७ मा सुनको डण्डी र २२ करोड क्यानेडियन डलरभन्दा बढीको विदेशी मुद्रा बोकेको एयर कार्गो कन्टेनर नक्कली कागजात प्रयोग गरेर चोरी भएको प्रहरीले जनाएको थियो । स्विजरल्याण्डको जुरिचबाट एयर क्यानडाको उडानमार्फत सो सुन र मुद्रा ल्याइएको हो ।

 

प्रहरीका अनुसार यस डकैतीमा एयर क्यानडाका दुई पूर्व कर्मचारीको नाम पनि बाहिर आएको छ । उनीहरु मध्ये एक जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ । दोस्रो व्यक्तिलाई पक्राउ गर्न पूर्जी जारी गरिएको छ। यसै क्रममा प्रहरीले बुधबार धेरैलाई पक्राउ गरी यसबारे खुलासा गरेको थियो ।

आरोपितहरुको नाम परमपाल सिद्धु (५४) र अमित जलोटा (४०), अम्माद चौधरी (४३), अली रजा (३७) र प्रसाद परमालिंगम (३५) रहेका छन् । जसमध्ये परमपाल र अमित जलोटा भारतीय मूलका हुन् । चोरीका बेला सिद्धु एयर क्यानडामा काम गरिरहेका थिए ।

तपाईको प्रतिक्रिया