सातौं पटक अजय–अक्षयका फिल्मको भिडन्त, आज देखी दुबैको फिल्म थियटरमा
मुम्बई, २९ चैत । अजय देवगन स्टारर फिल्म मैदान र अक्षय कुमार–टाइगर श्राफ स्टारर फिल्म बडे मियाँ छोटे मियाँ आज इदको अवसरमा रिलिज हुँदैछन् ।
अजय र अक्षयको फिल्म भिडेको यो पहिलो पटक भने होइन । यसअघि दुवै बक्स अफिसमा ६ पटक आमनेसामने भइसकेका छन् । योसँगै विगत १० वर्षमा पहिलो पटक इदमा दुई फिल्मको भिडन्त भएको छ ।
बडे मियाँ छोटे मियाँ र मैदानबीचको झडपमा के भन्छन् त बलिउड व्यापार विज्ञ तरण आ...














