मुम्बई, २९ चैत । अजय देवगन स्टारर फिल्म मैदान र अक्षय कुमार–टाइगर श्राफ स्टारर फिल्म बडे मियाँ छोटे मियाँ आज इदको अवसरमा रिलिज हुँदैछन् ।

 

अजय र अक्षयको फिल्म भिडेको यो पहिलो पटक भने होइन । यसअघि दुवै बक्स अफिसमा ६ पटक आमनेसामने भइसकेका छन् । योसँगै विगत १० वर्षमा पहिलो पटक इदमा दुई फिल्मको भिडन्त भएको छ ।

बडे मियाँ छोटे मियाँ र मैदानबीचको झडपमा के भन्छन् त बलिउड व्यापार विज्ञ तरण आदर्श ? उनका कुरा सुनौं ।

 

ईदको अवसरमा अक्षय कुमार–टाइगर श्राफको फिल्म अजय देवगनको फिल्मसँग भिड्दैछ । यसमा के भन्नु हुन्छ ? भन्ने प्रश्नमा उनले जवाफ दिएका छन कि दुवै फिल्मको अग्रिम बुकिङ एकदमै राम्रो छैन । यसका धेरै कारण हुन सक्छन्। पहिलो कारण दुवै फिल्मको रिलिज मिति बारम्बार परिवर्तन भएकाले पनि यसो भएको हुन सक्छ । जसका कारण चलचित्रप्रति दर्शकको उत्साह घट्दै गएको छ ।

 

इद र फिल्म रिलिजबीचको सम्बन्धको बारेमा कुरा गर्दा, सलमान खानका फिल्महरू प्रायः यो विशेष अवसरमा रिलिज हुन्छन्। विगत १० वर्षमा सलमानको कुनै पनि फिल्म २०२० र २०२२ को ईदमा मात्र रिलिज भएको छैन।

तपाईको प्रतिक्रिया