मिथिलाञ्चलमा हलो र गोरु पूजा गरियो

मिथिलाञ्चलमा हलो र गोरु पूजा गरियो
जलेश्वर (महोत्तरी), २ फागुन : वसन्त पञ्चमी अर्थात् सरस्वती पूजाका अवसरमा यहाँका किसानले हलो र गोरुको पूजा गरेका छन् । किसानले आजको दिनलाई कृषि कार्यको सुरुआत मान्दै हलो र गोरुको पूजा गर्दछन् । किसानले आ–आफ्ना आँगनमा गाईको गोबरले लिपपोत गरेर, फूलमाला, अक्षता, अबिर, चामल, लड्डुलगायतका वस्तुसहित हलोको एवं गोरुलाई नुहाई नयाँ रङ्गीचङ्गी डोरी लगाएर पूजा पनि गरेका छन् । जलेश्वर नगरपालिका–८ का किसान ...

आज प्रणय दिवस : नेपालमा पनि मनाइँदै

आज प्रणय दिवस : नेपालमा पनि मनाइँदै
काठमाण्डौ – आज फेब्रुअरी १४ तारिख । भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । युवापुस्ताले १४ फेब्रुअरीको दिनलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन् । पश्चिमी देशहरुमा मनाइने प्रणय दिवसलाई पछिल्ला केही वर्ष यता नेपालमा पनि उत्साहपूर्वक मनाउने गरिएको छ । आधुनिक प्रविधिको पहुँच बढेसँगै अहिले सहरबजारमा मात्रै नभएर गाउँघरमा पनि यो दिवसको चर्चा हुन थालेको छ । आजको दिन आफूलाई मन परेका व्यक्...

‘बेहुली फ्रम मेघौली’मा स्वस्तिमाको लगानी

‘बेहुली फ्रम मेघौली’मा स्वस्तिमाको लगानी
बहुप्रतिक्षित नेपाली चलचित्र 'बेहुली फ्रम मेघौली' ०८१ सालको दशैँमा रिलिज हुने भएको छ । औपचारिक घोषणासँगै चर्चामा आएको यस चलचित्रलाई आगामी दशैँमा प्रदर्शनमा ल्याइने वितरक कम्पनी डिसिएनले जानकारी दिएको हो । आज चलचित्रको निर्माण पक्ष र डिसिएनका प्रमुख अशोक शर्माले प्रदर्शन मितिबारे लिखित सम्झौता गरेका छन् । छायांकन शुरु नहुँदै चर्चामा आएको यस चलचित्रको निर्माणमा हात हालेकी अभिनेत्री स्वस्तिमा...

राष्ट्रपति पौडेलद्वारा इण्डियन आइडलको उत्कृष्ट दशमा पुग्न सफल गायिका पौडेललाई सम्मान

राष्ट्रपति पौडेलद्वारा इण्डियन आइडलको उत्कृष्ट दशमा पुग्न सफल गायिका पौडेललाई सम्मान
काठमाडौँ, २९ माघ : राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियन आइडलको उत्कृष्ट दशमा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गर्नुभएको छ । राष्ट्रपति पौडेलले आज राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा मेनुकालाई सम्मान गर्नुभएको हो । राष्ट्रपति पौडेलले मेनुकाको परिश्रम र योग्यताले सबै नेपालीको शिर उच्च पारेको बताउनुभयो । उहाँले निरन्तरको अभ्यासबाट मानिसलाई सफलता प्राप्त हुने बताउनुभयो ।

फागुन ०२ गते बुधबार, यस्तो छ तपाईको राशिफल

फागुन ०२ गते बुधबार, यस्तो छ तपाईको राशिफल
मेष–प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन्। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। पहिलेको सफलताले थप हौसला जगाउनेछ। वृष–अध्ययनमा राम्रो प्रगति हुनेछ। हिम्मतले काम लिनुहोला, आफ्नै प्रतिभाले फाइदा दिलाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन हुनेछ। बिछोडिएका ...

फागुन ०१ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

फागुन ०१ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ । भेटघाटले पूर्वार्ध रमाइलो हुनेछ । धन कमाउने अवसर पनि मिल्ने देखिन्छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ । नयाँ काममा हात हाल्ने अवसर जुट्न सक्छ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) मन मिल्ने साथी भेटिएपनि मनको भाव व्यक्त गर्न उपयुक्त साइत प...

सिनकानसेनको देशबाट, ओ पेङदोर्जे लोकार्पण तथा गाउँ फर्किरहेको परदेशी टोक्यो साझ सम्पन्न

सिनकानसेनको देशबाट, ओ पेङदोर्जे लोकार्पण तथा गाउँ फर्किरहेको परदेशी टोक्यो साझ सम्पन्न
बिश्व नेपाली साहित्य महासंघ जापान शाखाको आयोजनामा बिनेसाम शाखाका सद्स्य प्रबिण लामाको "सिनकानसेनको देशबाट "लोकार्पण , कवि राजु स्याङतानको ओ पेङ्ग्दोर्जे जापान लोकार्पण , सहसचिव सयपत्री थुलुङको "गाउँ फर्किरहेको परदेशी" टोकियो साझ साथै सचिब गंगा गगनको शब्दमा रहेको म्युजिक भिडियो ए निबुले सोल्टीनि सार्बजनिक कार्यक्रम सम्पन्न भएको छ। बिश्व नेपाली साहित्य महासंघ जापानका केन्द्रिय अध्यक्ष स...

काठमाडौंमा महिला हत्या आरोपमा एक जना पक्राउ

काठमाडौंमा महिला हत्या आरोपमा एक जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका–९, विजय चोकमा रहेको एक होटलमा महिलाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त, गौशालाको टोलीले दोलखा घर भएका एक जना पुरुषलाई पक्राउ गरेको हो । पक्राउ पर्नेको नाम प्रहरीले सार्वजनिक गरिसकेको छैन । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार, शनिबार साँझ २८ वर्षीया प्रमिला दमाईक...

एमाले महासचिव पोखरेल चढेको गाडी दैलेखमा पल्टियो

एमाले महासचिव पोखरेल चढेको गाडी दैलेखमा पल्टियो
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल चढेको गाडी दैलेखको डुंगेश्वर गाउँपालिका–१ स्थित चुप्रामा पल्टिएको छ । महासचिव सवार म.१ च ३६९ नम्बरको स्कोर्पियो शनिबार सकडमा पल्टिएको हो । दुर्घटनामा परेर नेकपा एमालेकी प्रदेश उप–सचिव पद्मा खड्का सामान्य घाइते भएकी छन् । खड्काको हातमा चोट लागेको कर्णाली प्रदेश प्रहरी कार्यालयका एकजना अधिकृतले बताए । महासचिव पोखरेल सुर्खेतबाट दैलेख सदरमु...

माघ २९ गते सोमबार, यस्तो छ तपाईको राशिफल

माघ २९ गते सोमबार, यस्तो छ तपाईको राशिफल
मेष–विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ। अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन् । आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि राम्रै फाइदा हुनेछ। चिताएको काम बन्नाले प्रसन्नता मिल्नेछ। काममा अवरोध आउन सक्छ। सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा हुनेछ । वृष–नयाँ कामको प्रस्ताव आउनेछ भने पहिलेका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ। मनग्य धन आर्जन हुने...