बिश्व नेपाली साहित्य महासंघ जापान शाखाको आयोजनामा बिनेसाम शाखाका सद्स्य प्रबिण लामाको “सिनकानसेनको देशबाट “लोकार्पण , कवि राजु स्याङतानको ओ पेङ्ग्दोर्जे जापान लोकार्पण , सहसचिव सयपत्री थुलुङको “गाउँ फर्किरहेको परदेशी” टोकियो साझ साथै सचिब गंगा गगनको शब्दमा रहेको म्युजिक भिडियो ए निबुले सोल्टीनि सार्बजनिक कार्यक्रम सम्पन्न भएको छ।

बिश्व नेपाली साहित्य महासंघ जापानका केन्द्रिय अध्यक्ष सुरेन्द्र लिम्बुको प्रमुख आतिथ्यमा जापनिज नेपालीभाषा साहित्यलाइ माया गर्ने हारुहितो नोजु तथा आदरणीय ब्याक्तित्व हरुको साथमा दिप प्रज्वलन तथा राष्ट्रियगानको साथमा कार्यक्रम सुरु भएको थियो ।।
पहिलो चरणमा कृतिहरुको बिमोचन तथा आदरणीय ब्याक्तित्व हरुको मन्तव्य तथा कृतिका सर्जकहरुको भनाइ तथा भर्चुअल दुनियाँबाट विभिन्न देशहरुबाट आदरणीय ब्याक्तित्वहरुका आफ्ना कुराहरु समेत जोडिएका थिए । पछिल्लो चरणमा प्रबासको ब्यास्त समयलाई बचाएर सिर्जनामा मिसाउनु अनि एक अर्काको सिर्जनालाई सम्मान गरेर नेपाली भाषा साहित्य लाई बिस्वभर बाट जोगाइ राख्नु ,बिस्वभर फैलिएका नेपाली सिर्जना प्रेमिहरुको कर्तव्य जस्तै बनिरहेको छ। दोश्रो चरणमा कबि सयपत्री थुलुङको गाउँ फर्किरहेको परदेशी टोकियो साझले जापानको टोकियोलाइ कवितामय बनाएको थियो करिब एक दर्जन कविताहरु सुनाएर कवि थुलुङ्ले सबैलाई मन्त्र मुग्ध बनाइन साथै कार्यक्रम को अन्तिम चरणमा गङ्गा गगनको निबुले सोल्टिनी गितको भिडियोले टाढा टाढाबाट कार्यक्रमा उपस्थित भएको बाटोको थकान हरु भुलाएका थिए। बिनेसाम शाखाले यश अघि पनि धेरैले कार्यक्रमहरु गर्दै आइरहेको छ त यसपटक पनि उत्कृष्ट कार्यक्रम समपन्न गरेको छ।

तपाईको प्रतिक्रिया