‘छक्का पन्जा ४’ को गीत ‘सिरुपाते जुँगामा’ रिलिज
काठमाडौं : गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘छक्का पन्जा ४’को नयाँ गीत रिलिज गरिएको छ। निर्माण टिमले मंगलबार ‘सिरुपाते जुँगामा’ बोलको गीत रिलिज गरेको हो।
गीतमा बाबुल गिरीको स्वर रहेको छ। गीतको शब्द शंकर अधिकारी ‘घायल’ले लेखेका हुन् । संगीत र अरेन्जमेन्ट चाहिँ बाबुल गिरीकै रहेको छ।
गीतले रिलिज अगाडि नै दर्शक स्रोताको अत्याधिक मन जितिसकेको छ। गीतमा हजारौं टिकटक समेत बनिसकेका छन् ।
सिने...














