नेप्सेमा कीर्तिमान, बजार पूँजीकरण ४४ खर्ब ३७ अर्ब
विकास बैंकको शेयरमा लगानीकर्ताको आकर्षण देखिएपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार हुने साताको अन्तिम दिन आज नेप्से १६.४१ अङ्कले बढेर तीन हजार १७९ मा पुगेको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.४६ बिन्दुले बढेर ५९१.१६ मा पुगेको छ । कूल २२५ कम्पनीको तीन करोड ६६ लाख आठ हजार ४६१ कित्ता ...