साउन २१ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल

साउन २१ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अरूको भर पर्दा धोका हुन सक्छ । परिस्थिति अनुसार चल्न नसक्ता दुःख पाइनेछ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा भर नपर्नुहोला । केही अवसर जुट...

गणेश थापाको कोशेली तिमीसँग दिल बस्यो

गणेश थापाको कोशेली तिमीसँग दिल बस्यो
काठमाडौं, २० साउन यस अघि आयो मेरै राजा...गीतबाट चर्चा कमाएका गायक गणेश थापाले फेरी अर्को नयाँ गीत तिमीसँग दिल बस्यो...को भिडियो बजारमा ल्याएका छन् । उनले दुई साता अघिमात्र आयो मेरै राजा...बजारमा ल्याएका थिए । नयाँ गीत तिमीसँग दिल बस्यो...को भिडियो मँगलबार बेलुका बुढासुब्ब डिजिटलबाट रिलिज गरिएको हो । यो गीतमा सुन्दर पन्तको रचना, बलराम राजबँशीको संगीत रहेको छ । यो भिडियोलाई डब्बु क्षत्रीले निर्देशन...

विश्व क्रिकेट लिग–२ को प्रारम्भिक छनोटमा १९ खेलाडी

विश्व क्रिकेट लिग–२ को प्रारम्भिक छनोटमा १९ खेलाडी
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एक दिवसीय सिरिजका लागि आज १९ सदस्यीय खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले बोलाएको १९ खेलाडीमध्ये गुलशन झा पहिलो पटक समावेश भएका छन् । गुलसनले मेयर्स कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए । नेपाल, ओमान र अमेरिकाबीचको सिरिज आगामी सेप्टेम्बरमा ओमानमा हुँदैछ । बन्द प्रशिक्षणमा बोलाइएका ख...

नेप्सेमा कीर्तिमान, बजार पूँजीकरण ४३ खर्ब ५९ अर्ब

नेप्सेमा कीर्तिमान, बजार पूँजीकरण ४३ खर्ब ५९ अर्ब
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि नयाँ कीर्तिमान कायम गरेको छ । लगातार नयाँ इतिहास कायम गर्दै अगाडि बढेको नेप्सेमा आज दोहोरो अङ्कको सुधार भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार १२.०५ बिन्दुले उकालो लागेर नेप्से तीन हजार १२३.१४ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७१ बिन्दुले बढेर ५७८.२३ मा पुगेको छ । कूल २२५ कम्पनीको दुई करोड ८८...

गायिका सुनिता थेगिमको आवाजमा‘आन्छी मिम् आफल्याङ मेसिनेन‘’ सार्वजनिक

गायिका सुनिता थेगिमको आवाजमा‘आन्छी मिम् आफल्याङ मेसिनेन‘’ सार्वजनिक
ललितपुर, २० साउन । गायिका सुनिता थेगिम र गायक तानाम तान्छो लावतीको स्वरमा ‘आन्छी मिम् आफल्याङ मेसिनेन‘’ लिम्बू भाषाको गीत म्युजिक भिडियोलाई मंगलबार नखिपोटस्थीत युङ्चा रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको छ । प्रेमी प्रेमिका विचको माया र स्नेहलाई भौतिक शरिरले छोडेर गएपनी ‘हाम्रो माया कहिल्यै मर्दैन’ धारणालाई गीतमा समेटिएको छ । विमोचन कार्यक्रममा बोल्दै चलचित्र विकास वोर्ड,...

मिस कोशीमा ३० जना छनौट

मिस कोशीमा ३० जना छनौट
विराटनगर ÷ विभिन्न चरणको अडिसनदेखि छैठौं संस्करणको मिस कोशी प्रतियोगितामा ३० जना छनौट भएका छन् । विराटनगर र इटहरी भएको पहिलो र दोस्रो चरणको अनलाइन र भौतिक रूपमा लिएको अडिसनबाट ३० जना छनौट भएका हुन् । विराटनगरमा भएको दोस्रो चरणको अडिसनमा ९ जना सहभागि मध्ये ४ जना छनौट भए । यस्तै इटहरीमा भएको पहिलो चरणको अडिसनमा १५ जनामा ९ जना छनौट भएका हुन् । यसअघि सम्पन्न भएको पहिलो चरणको अडिसनबाट १७ जना छन...

नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनको पाँचौ अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न

नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनको पाँचौ अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न
काडमाण्डौ– नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनको पाँचौ अधिवेशन राजधानी काठमाण्डौमा सम्पन्न भएको छ । कोरोनाको कहरका विचमा पनि भौतिक दुरी कायम गर्दै आयोजना गरिएको कार्यक्रममा संगठनको लागि नयाँ पदाधिकारी चयन गरिएको छ । निर्वाचन अधिकृत तथा संचारकर्मी डब्बु क्षेत्रीको रोहवरमा निर्वाचन सम्पन्न गरिएको छ । पाँचौ महाधिवेशनले संस्थाको नयाँ नेतृत्व चयन गरेको छ ।जसमा अध्यक्ष खगेन्द्र प्याकुरेल, बरिष्ठ उपाध्...

पारसको निर्णय अप्रत्यासित – क्यान अध्यक्ष

पारसको निर्णय अप्रत्यासित – क्यान अध्यक्ष
नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले पूर्व कप्तान पारस खड्काको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा उपयुक्त समयमा नभएको बताउनुभएको छ । क्यानका अध्यक्ष चन्दले सन्यास लिने पारसको निर्णय अप्रत्यासित रहेको भन्दै यस विषयमा क्यानमा छलफल भइरहेको र औपचारिक धारणा आउने राससलाई बताउनुभयो । “पूर्व जानकारी गराएर सन्यास लिएको भए केही फरक परिस्थिति बन्ने थियो, अचानक सन्यास लिनु क्रिकेट...

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइवी०ले बैंकिङ कसूर मुद्दाका एक फरार प्रतिवादीलाई आज पक्राउ गरेको छ ।फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलासका लागि परिचालित टोलीले बैंकिङ कसूर ९चेक बाउन्स० मुद्दामा ललितपुरस्थित पाटन उच्च अदालतबाट कसूरदार ठहर भई फरार रहेका काठमाडौँ बूढानीलकण्ठ निवासी ठाकुरप्रताप थापालाई पक्राउ गरेको ब्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो । उनलाई...

नेप्सेमा नयाँ कीर्तिमान, बजार पूँजीकरण ४३ खर्ब ४२ अर्ब

नेप्सेमा नयाँ कीर्तिमान, बजार पूँजीकरण ४३ खर्ब ४२ अर्ब
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले कीर्तिमान कायम गरेको छ । लगातार उकालो लाग्दै आएको नेप्सेले आज इतिहास कायम गरेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २६.०२ बिन्दुले उकालो लागेर तीन हजार १११.०९ मा पुगेको छ । यो हालसम्मकै शीर्ष स्थान हो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.०६ बिन्दुले बढेर ५७७.५२ मा पुगेको छ । यो पनि हालसम्मकै उच्च बिन्दु हो ...