काठमाडौं, असोज २४ गते । पछिल्लो २४ घण्टामा ५६५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् भने साे अवधिमा ८७१ जनामा सङ्क्रमण मुक्त हुनुभएकाे छ । साथै विगत २४ घण्टामा १० जना सङ्क्रमितकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । देशका विभिन्न प्रयोगशालाहरुमा नौ हजार २३७ नमुनाको पीसीआर परीक्षण गरिएकोमा ५६५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
साथै सो अवधिमा तीन हजार १६७ जनामा एन्टिजेन परीक्षण गरिएकोमा ३१ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया