केबीसीमा २५ लाखको प्रश्नमा अमिताभले सोधे नेपाल–भारत सम्बन्धको यो मामिला, तर सहभागीले…
काठमाडौं। नेपाल र भारतबीच अहिले जुन कुराले विवाद भएको छ, सोही विषयमा सोधिएको एक प्रश्नको उत्तर नजानेपछि भारतीय रियालिटी शो ‘कौन बनेगा करोडपति’ (केबीसी)का सहभागी २५ लाख भारु जित्नबाट चुकेका छन्।
बुधबार प्रशारण भएको अमिताभ बच्चनले होस्ट गर्ने चर्चित शोमा सहभागीले साढे १२ लाख जितेपछि उनलाई २५ लाख जित्ने प्रश्न सोधिएको थियो। अमिताभ बच्चनले नेपाल–भारत सम्बन्धबारे सुगौली सन्धिसँग सम्बन्धित प्रश्न गरे...













