केसलिया रोडस्थित पुलमुनिको जाम खोलेसँगै डुबान समस्या समाधान
विराटनगर ÷ विराटनगर केसलिया रोडस्थित पुलमुनि राखिएको ठूलो ह्युमपाइप, साइफन तथा पुल पूर्व र पश्चिमको नालाको जाम खोलिएसँगै त्यस क्षेत्रको डुबान समस्या समाधान भएको छ ।
वर्षौंदेखि जाम भएको नालाका कारण वर्षामा मरिकटोल, जनपथ टोल, पिचरा, बखरीलगायतका क्षेत्र डुबानमा पर्दै आएका थिए । पन्ध्र दिनअघि आएको मुसलधारे वर्षामा नालाको पानी बाहिर आउँदा दक्षिणी क्षेत्रको मरिक टोल, जनपथ टोल, पिचरा, बखरीलगायतका क...














