विराटनगर महानगरपालिकाको पुँजीगत खर्चमा सुधार
विराटनगर ÷ विराटनगर महानगरपालिकाले पुँजीगत खर्चको क्षमतालाई बढाएको छ । गत आर्थिक वर्ष ५० प्रतिशत पुँजीगत खर्च गरेको महानगरले चालु आर्थिक वर्ष ६५ प्रतिशत खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि पुँजीगततर्फ महानगरले १ अर्ब ६७ करोड ५१ लाख रुपैयाँ विनियोजन गरेकोमा १ अर्ब ८ करोड ९१ लाख रुपैयाँ खर्च गर्न सफल भएको छ ।
नियमित अनुगमन, जनप्रतिनिधि, कर्मचारी र निर्माण व्यवसायीबीचको प्रभावकारी समन्वयका कार...














