लिम्बु समुदायको संस्कृति बोल्ने ‘सुगुप’ फागुन २८ गते इटहरीमा प्रदर्शन गरिने
इटहरी/ पछिल्लो समय कोशी प्रदेशमा यहाँको समुदायलाई लक्षित गर्दै रितिरिवाज, भाषा, संस्कार र संस्कृतीलाई उठान गरेर फिल्महरु बन्ने क्रम बाक्लिदो छ । यसप्रकारका फिल्म निर्माण गर्दै ‘विशेष शो’ गर्ने प्रचलन पनि बढेर गएको छ । यसैक्रममा फिल्म ‘सुगुप’को पनि इटहरीमा ‘विशेष शो’ आयोजना गरिने भएको छ । लिम्बु समुदायको संस्कृतिलाई यो फिल्ममा उठान गरिएको छ भने यसमा लिम्बू भाषा र नेपाली राष्ट्रिय भाषालाई आवस्...














