दिमागमा चिप प्रत्यारोपण गरिएका बिरामीले सोचेकै भरमा चलाए कम्प्युटर !
काठमाडौं । न्युरालिङ्कका संस्थापक एलन मस्कले दिमागमा चिप प्रत्यारोपण गरिएका पहिलो बिरामी पूर्णतः निको भएको र उनले सोचेकै भरमा कम्प्युटर माउस चलाएको दाबी गरेका छन् । सोमबार आफ्नो सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै उनले यस बारे जानकारी दिएका हुन् ।
"प्रगति राम्रो देखिएको छ, र बिरामी पूर्णतः निको भएको देखिन्छन्, हामीले सोचे अनुरूप उनमा कुनै बिरामीको असर देखिएको छैन," मस्कले भनेका छन् "बिरामी सोचेरै...














