पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रम
बिराटनगर, २०८० माघ १५ गते ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । आज अपरान्ह एक बिशेष कार्यक्रमको आयोजना गरी कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्र कुबेर खापुङले पत्रकारहरु सगं भेटघाट गर्नु भएको हो । भेटघाट कार्यक्रममा खापुङले कानुनको परिधिमा रहेर कोशी प्रदेशमा शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउनुका साथै अपराध...














