पाँचथरको हिलिहाङ पूर्ण खोप सुनिश्चित गाउँपालिका
पाँचथर – पाँचथरको हिलिहाङ गाउँपालिका कोशी प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा भएको छ । प्रदेशभरका पालिकाहरुतर्फ भने पूर्ण खोप सुनिश्चित गर्ने हिलिहाङ गाउँपालिका प्रदेशको दोस्रो हो ।
यसअघि ताप्लेजुङको फुङलिङ नगरपालिका मापदण्ड अनुसार जन्मेदेखि ५९ महिनाका बालबालिकालाई खोपको मात्रा पुरा गर्दै पूर्ण खोप सुनिश्चित नगरपालिका घोषित भएको थियो । प्रदेशभरका १ सय ३७ पालिकामध्ये नगरपालिका तर...













