विराटनगर / नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले ग्रामिण क्षेत्रमा क्रिकेट खेलको विकास गरेर अगाडी बढनुपर्ने बताएका छन् ।

विराटनगरमा मंगलबारदेखि सुरू भएको तेस्रो इक्युवालिटि कप क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष चन्दले यस्तो बताएका हुन् ।

नेपाली खेलाडीहरुले क्रिकेटमा राम्रो प्रगति गरेको कारणले यस खेलप्रति क्रेज बढेको उनले बताए । ‘त्यसैले यो खेलको विकासमा राज्यले ध्यान दिनुपर्दछ । महिला क्रिकेटमा पनि मेहनत गर्नु पर्छ । गरिराखेका छन् । अझै धेरै गर्नुपर्नेछ,’ अध्यक्ष चन्दले भने, ‘अन्डर १९ मा प्रभाव छोडन सकेको छैन । महिला खेलाडीको क्रिकेटमा कमी छ । नयाँ खेलाडी उत्पादनमा ध्यान दिएर अगाडी बढनुपर्नेछ ।’
महिला क्रिकेट खेलाडी अहिले २७ देखि २८ जिल्लाहरुमा मात्र रहेको उनले बताए । राज्यले क्रिकेटमा लगानि बढाउनुपर्नेमा उनले जोड दिए । ‘१६ वर्ष अगाडि महिलाको राष्टिय प्रतियोगिता गरेको थियो । त्यसबेला ४ टिम थिए । बाँकेको कोहलपुरबाट महिलाको क्रिकेट खेल सुरु भएको हो । त्यसबेलमा चार टिम मात्रै सहभागी भयो,’ उनले भने ।
नेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अभिषेक श्रेष्ठले महिला क्रिकेट खेलाडी उत्पादन गर्न यस्तो प्रतियोगिताले ठूलो सहयोग पुग्ने उनले बताए । क्रिकेट क्षेत्रको विकासमा लागि परेको उनले बताए । नेपाल क्रिकेट संघ कोशी प्रदेशका अध्यक्ष सर्वजित पाण्डेको पनि सहभागि रहेको थियो ।

नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघसँगको समन्वयमा फागुन २२ गतेदेखि २५ गतेसम्म विराटनगर–६ केशलिया रोडमा रहेको म्यारीलिबोन विराटनगर ज्वाला क्रिकेट खेल मैदानमा प्रतियोगिता सुरु भएको छ ।

तपाईको प्रतिक्रिया