पशुपति क्षेत्र विकास कोषमा मनलाग्दी नियुक्ति
काठमाडौं । पशुपतिनाथ क्षेत्रको सुरक्षा, सम्भार र विकास गर्ने उद्देश्यले २०४४ सालमा पशुपति क्षेत्र विकास कोष ऐन निर्माण गरियो । तर, ऐनमा कोषका महत्त्वपूर्ण पदाधिकारी नियुक्तिसम्बन्धी स्पष्ट मापदण्ड नतोकिँदा आफूखुसी र राजनीतिक पहुँचका आधारमा नियुक्ति गर्ने क्रम बढ्दै गएको छ ।
कोषका प्रशासकीय प्रमुखका रहने कार्यकारी निर्देशकको योग्यता तोकिए पनि सदस्य-सचिव, कोषाध्यक्षलगायत पदाधिकारीको योग्यता र विज...














