कोरियन भाषा परीक्षा सोमबारदेखि भैंसेपाटीमा
उत्पादन क्षेत्रमा कामदारको रुपमा दक्षिण कोरिया जान चाहनेहरुको भाषा परीक्षाको मिति तोकिएको छ । वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाले भाषा परीक्षाको मिति र केन्द्र सार्वजनिक गरेको हो ।
आगामी सोमबारदेखि शुरु हुने परीक्षाको केन्द्र ललितपुरको भैसेपाटीमा रहेको राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान तोकिएको छ । रजिष्ट्रेशन नम्बरअनुसार आलोपालो परीक्षा हुने शाखाले जनाएको छ ।
परीक्षार्थ...














