यूएईबाट काठमाण्डाै आएकाे जहाजको शौचालयमा नवजात शिशु फेला
काठमाण्डौ – एअर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु फेला परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार यूएईबाट काठमाण्डौ आएको एअर अरेबियाको जहाजको शौचालयमा शिशु फेला परेको हो ।
यो जहाज यूएईको शारजाह विमानस्थलबाट आज बुधवार बिहान ९ बजेर १० मिनेटमा काठमाण्डौ विमानस्थलमा अवतरण गरेको थियो ।
‘जहाजको शौचालयमा शिशु भेटिएको थियो, वैदेशिक रोजगारीबाट फर्किएकी एक महिलाको शिश...














