राष्ट्रपति, प्रधानमन्त्री निवास वरपर थप २ महिना प्रदर्शन गर्न निषेध

राष्ट्रपति, प्रधानमन्त्री निवास वरपर थप २ महिना प्रदर्शन गर्न निषेध
काठमाण्डाै – जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री निवास वरपरकाे निषेधाज्ञालाई थप दुई महिना लम्ब्याएकाे छ । प्रशासन कार्यालयले आज बुधवार सूचना निकालेर राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री निवास वरपरकाे निषेधाज्ञालाई कायम राखेको हाे । प्रशासनले गएकाे महिना एक महिनाका लागि यी क्षेत्रमा निषेधाज्ञा जारी गरेकाे थियाे । त्याे समय सकिएपछि प्रशासनले थप दुई मह...

यी चेलीले सुविधा पाउने उपाय के छ सरकार !

यी चेलीले सुविधा पाउने उपाय के छ सरकार !
‘लैंगिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म नेपाल सरकारको अगुवाईमा १६ दिने अभियान चलेको छ । तर, राष्ट्रिय महिला सामाजिक परिचालिका तदर्थ समिति भने स्थानीय तहमा कार्यरत सामाजिक परिचालिकाहरूको तलबभत्ता र सुविधाको माग गर्दै आन्दोलनरत छ । ७७ वटै जिल्लाका विभिन्न स्थानीय तहमा कार्यरत ६३६ जना सामाजिक परिचालिकालाई सर्वोच्...

एनसेल काण्डमा राज्य व्यवस्था समितिले हात हालेको भन्दै सभापति पोखरेलको असन्तुष्टि

एनसेल काण्डमा राज्य व्यवस्था समितिले हात हालेको भन्दै  सभापति पोखरेलको असन्तुष्टि
सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले एनसेलमा राज्य व्यवस्था समितिले हात हालेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले एनसेलको भ्रष्टाचार काण्डसम्बन्धी निर्णय र सरकारलाई दिएको दबाबलाई कमजोर बनाउन खोजेको भन्दै खेद व्यक्त गरे । उनले भ्रष्टाचारलाई छोप्न,आफ्नो कार्यक्षेत्रभन्दा बाहिर विभिन्न संसदीय समितिहरूमार्फत विषय बंग्याउने र जनतालाई भ्रम छर्ने काम बन्द गर्न राज्य समितिसँग अपिल गरे ...

अटिजमको समस्या गाउँमा भन्दा शहरमा धेरै

अटिजमको समस्या गाउँमा भन्दा शहरमा धेरै
चितवन– बागमती प्रदेशमा १ हजार २५३ जना अटिजम समस्याबाट ग्रसित छन्। तीमध्ये काठमाडौंमा ४९५, चितवनमा ११३, ललितपुरमा ८३, भक्तपुरमा ७८ र मकवानपुरमा ७७ जना रहेका छन्। त्यसैगरी, काभ्रेमा ७५, धादिङमा ७०, नुवाकोट र सिन्धुलीमा ६५/६५, सिन्धुपाल्चोकमा ५४, दोलखामा ३३ र रसुवामा १७ जना छन्। बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले चितवनमा आयोजना गरेको अटिजमसम्बन्धी कार्यशाला गोष्ठीमा दिइएको तथ्याङ्कअनुसार नेपालम...

के विपिन र वर्षाले एक अर्कालाई फिल्ममा सिफारिश गर्छन् ?

के विपिन र वर्षाले एक अर्कालाई फिल्ममा सिफारिश गर्छन् ?
नायक विपिन कार्की र नायिका वर्षा राउतको जोडी नेपाली फिल्म क्षेत्रमा चर्चामा छ । यो जोडीले एकसाथ ६ वटा फिल्ममा काम गरिसकेको छ । हाल, यो जोडीले फिल्म ‘महाजात्रा’मा काम गरिरहेको छ । यसपछि, यी दुईले फिल्म ‘तेल भिसा’मा काम गर्दैछन् । विपिन र वर्षालाई निरन्तर रुपमा फिल्ममा जोडी बनाएर काम गराउन मेकर पनि उत्साहित छन् । के वर्षा र विपिनले एक अर्कालाई फिल्ममा सिफारिस गर्छन् ? मेरो फिल्मको प्रश्नमा व...

गायिका पूर्णिमा लामा दुबईमा सम्मानित

गायिका पूर्णिमा लामा दुबईमा सम्मानित
काठमाडौं । गायिका पूर्णिमा लामा दुबईमा सम्मानित भएकी छिन । नेपाली राजदूतावास कार्यालय दुबईका द्वितीय सचिव भुपेन्द्र घिमिरेको प्रमुख आतिथ्य तथा रोयल मुभिज प्रा.लि. नेपाल र सिन्धुपाल्चोक सेवा समाज दुबईको सयुंक्त आयोजनामा सम्पन्न ५औ ज्योति फिल्म्स म्युजिक अवार्ड २०८० समारोहमा गायिका लामा ‘ज्योती फिल्म्स संगीत रत्न’सम्मान द्वारा सम्मानित भएकी हुन् । गत १७ डिसेम्बरमा दुबईस्थित होटेल याक एन्ड यति...

नातिकाजी राष्ट्रिय स्रष्टा सम्मान तथा पुरस्कार घोषणा

नातिकाजी राष्ट्रिय स्रष्टा सम्मान तथा पुरस्कार घोषणा
काठमाडौं । दिवँगत संगीतकार नातिकाजी श्रेष्ठको ९९ औं जन्म जयन्तीको अवसर पारेर ‘नातिकाजी राष्ट्रिय स्रष्टा सम्मान तथा पुरस्कार–२०८०’ घोषणा गरिएको छ । नातिकाजीकै निवास मित्रपार्कमा मंगलवार एक कार्यक्रम आयोजना गर्दै नातिकाजी स्मृति समाजले सम्मान तथा पुरस्कार घोषणा गरेको हो । नातिकाजी स्मृति समाजका अध्यक्ष एवम् अग्रज संगीतकार शम्भुजीत बास्कोटाको अध्यक्षतामा हालै बसेको समाजको बैठकले सम्मानित तथा पुरस...

४० वर्षीय पुरुषसँग १६ वर्षीया बालिकाको विवाह गराउने पाँचजना पक्राउ

४० वर्षीय पुरुषसँग १६ वर्षीया बालिकाको विवाह गराउने पाँचजना पक्राउ
नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१० मा बालविवाह गराएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेहुली, बेहुला, बेहुलीकी आमालगायत छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) साजनकुमार शर्माका अनुसार स्थानीय ४० वर्षीय पुरुषसँग १६ वर्षीया बालिकाको विवाह गराएको आरोपमा पाँच जनालाई मङ्गलवार राति पक्राउ गरिएको हो । ‘बालविवाह गराएको सू...

चिट चोर्न अचम्मको चलाखी, कानमा इयरफोन लगाउँदा परीक्षा नै रद्ध

चिट चोर्न अचम्मको चलाखी, कानमा इयरफोन लगाउँदा परीक्षा नै रद्ध
कानमा इयरफोन लगाएर परीक्षा दिंदै गरेका एक परीक्षार्थीको परीक्षा रद्द भएको छ । परीक्षाको मर्यादाविपरीत दाहिने कानमा इयरफोन लगाएर मोबाइलमार्फत सम्पर्क गरी उत्तर लेख्ने दिपक नेपालीको परीक्षा लोकसेवा आयोगले रद्द गरेको हो । अमिनको लिखित परीक्षाको क्रममा कानमा इयरफोनसहित समातिएका उनले मोबाइलबाट सम्पर्क गरी उत्तर लेखेको स्वीकार गरेको आयोगले जनाएको छ । लोकसेवा आयोग ऐन, २०७९ को दफा ४१ (१) खण्ड (क) बमोज...

सिंहदरबारको आकाशमा पत्रकारले उडाए कालो ब्यानरसहितको बेलुन

सिंहदरबारको आकाशमा पत्रकारले उडाए कालो ब्यानरसहितको बेलुन
श्रमजीवी पत्रकारको पारिश्रमिक वृद्धिको माग राखेर चरणबद्ध आन्दोलनमा रहेको श्रमजीवी पत्रकार संघले आज सिंहदरबारको आकाशमा कालो ब्यानरसहितको बेलुन उडाएर विरोध प्रदर्शन गरेको छ । संघका अध्यक्ष जन्मदेव जैसीको नेतृत्वमा बेलुनमा कालो ब्यानर टाँगेर उडाउँदै सरकारलाई पारिश्रमिक वृद्धिका लागि दबाब दिइएको हो । पत्रकारको पारिश्रमिक बढाउन र नौं बुँदे माग सम्बोधनका लागि संघले गत मंसिर २५ गते सूचना तथा सञ...