एमबीए गरेका द्वारिका मिश्र सुन्दरबजारमा अटाे चलाउँदै, भन्छन् काम गरेर खान के काे लाज ?
सुन्दरबजार । काम ठूलाे र सानाे हुँदैन । काम गर्न लाज मान्न पनि हुन्न, कसैलाइ ठग्नु, चाेर्नु पाे भएन, काम गरेर खान के काे लाज ?
यी भनाइ हुन्, लमजुङकाे सुन्दरबजारका समाजसेवी द्वारिकाप्रसाद मिश्रका । बुधबार सुन्दरबजारकाे मिलनचाेक भन्दा केही पर लक्ष्मीनारायण मन्दिर नजिकैकाे एउटा ग्यारेजमा भेटिएका मिश्रले यस पंक्तिकारसंग भनेका थिए, "म त टेम्पाे सिक्न लागेकाे । काम भएन, काम नभएपछि कमाइ पनि भएन । टेम्...














