पहिलो दिनमै ‘परालको आगो’को दमदार ओपनिङ, दर्शकको चाप बढ्दै
वैशाख ११ गतेदेखि देशभर प्रदर्शनमा आएको नेपाली फिल्म ‘परालको आगो’ले पहिलो दिनमै उत्साहजनक व्यापार गर्दै सुखद सुरुवात गरेको छ। निर्माण पक्षका अनुसार फिल्मले ओपनिङ डेमा करिब ३७ लाख रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गर्दै कुल आम्दानी ३८ लाख नजिक पुर्याएको छ। निर्माता सुशील पोखरेलले पहिलो दिनको व्यापारलाई सन्तोषजनक मान्दै दर्शकको उपस्थिति दिनानुदिन बढिरहेको बताए। उनका अनुसार दोस्रो दिनदेखि हलहरूमा दर्शकको...














