कैलाश खेरको ‘शिव ताण्डव’सहित चलचित्र ‘शिवांश’ फागुन १ गते प्रदर्शनमा
चलचित्र ‘शिवांश’ फागुन १ गते प्रदर्शन हुँदा नेपाली दर्शकले प्रसिद्ध भारतीय गायकको स्वर सुन्न सक्नेछन् । ‘शिवांश’मा कैलाश खेरको स्वरमा ‘शिव ताण्डव’ गीत रहेको निर्माणपक्षले बताएको छ ।
निर्माणपक्षले नयाँ पोस्टर सार्वजनिक गर्दै कैलाश खेरको गीत चलचित्रमा रहेको जानकारी दिएको छ । पोस्टरमा चलचित्रका मुख्य पात्र छन् ।
प्रवीण खतिवडा हातमा चक्कु बोकेर रौद्र रुपमा छन् । तेज गिरी रिसाहा मुद्रामा छन् । रु...














