स्ववियु निर्वाचनकाे लागि मैन अवधि सुरु, लाग्याे यी कुरामा प्रतिबन्ध
त्रिभुवन विश्वविद्यालय (त्रिवि)का क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा गए रातिदेखि मौन अवधि सुरु भएको छ। स्ववियु निर्वाचन आचारसंहिताअनुसार गए राति १२ बजेदेखि मौन अवधि सुरु भएकाे हाे।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले उम्मेदवारले राति १२ बजेदेखि स्ववियु चुनावको प्रचारप्रसार गर्न नपाउने बताए। उनले निर्वाचन हुनुभन्दा ४८ घण्टा अग...













