प्रमोद खरेलको स्वरमा ’मायाको व्यापार’ गीत सार्वजनिक

प्रमोद खरेलको स्वरमा ’मायाको व्यापार’ गीत सार्वजनिक
काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द तथा संगीत रहेको छ । विक्रम चौहानको निर्देशनमा रहेको गीतको भिडियोलाई विशाल निरौलाले सङ्गीत संयोजन गर्नुभएको हो । गीतको भिडियो लाई के आई डि मिडियाले बजारमा ल्याएको हो । गीतको भिडियोमा विक्रम बुढाथोकी र रिना गुरुङको अभिनय रहेको छ । बुद्ध थापाको छायाङ्कन रहेको भिडियोमा दृश्य सम्पादन ...

पुर्वराजाले आफ्नो हैसियत बिर्से- सञ्चारमन्त्री गुरुङ

पुर्वराजाले आफ्नो हैसियत बिर्से- सञ्चारमन्त्री गुरुङ
काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पूर्वराजा ज्ञानेन्द्रले आफ्नो हैसियत बिर्सेको आरोप लगाएका छन् । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्बजनिक गर्ने कार्यक्रममा बोल्दै मन्त्री गुरुङले नेपाल उदार मुलुक भएकोले व्यवस्था नै पल्टिएपछि राजा जेलमा हुनुपर्नेमा नागार्जुन दरबारमा राखेको बताउदै पूर्वराजा ज्ञानेन्द्रले आफ्नो हैसियत बिर्सेको बताएका हुन् । उन...

दलालको फन्दामा परेर बैंककमा अलपत्र २० नेपालीको उद्धार, निगमको जहाजबाट आज काठमाडौं ल्याइँदै

दलालको फन्दामा परेर बैंककमा अलपत्र २० नेपालीको उद्धार, निगमको जहाजबाट आज काठमाडौं ल्याइँदै
काठमाडौं - दलालको फन्दामा परेर बैंकक पुगेर अलपत्र परेका २० जना नेपालीलाई शुक्रबार बेलुका नेपाल ल्याइने भएको छ। मानव बेचबिखन तथा ओसारपसार ब्युरोका अनुसार ती नेपालीलाई बेलुका बैंकस्थित नेपाली दूतावासको पहलमा नेपाल ल्याइने भएको हो। उनीहरूलाई नेपाल वायुसेवा निगमको जहाजबाट नेपाल ल्याइँदै गरेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले बताए। उनीहरूलाई विभिन्न देशमा वैदेशिक रोजगारीमा लगाइद...

अस्मिता अधिकारी र महेश काफ्लेले कसे लगनगाँठो

अस्मिता अधिकारी र महेश काफ्लेले कसे लगनगाँठो
गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारी बैबाहिक जीवनमा बाँधिएका छन् । काठमाडौंको एक व्यांकेटमा उनीहरुले लगनगाँठो कसेका हुन् । महेश पञ्चेबाजा बजाउँदै अस्मितालाई लिन पार्टी प्यालेस पुगेका थिए । उनीहरुको बिबाह समारोहमा दुवै पक्षका आफन्त, परिवार र केही संगीतकर्मी उपस्थित छन् । सामाजिक संजालमा पनि उनीहरुलाई बधाईको ओइरो लागेको छ । यी दुईले असार महिनामा दुबई पुगेर इन्गेजमेन्ट गरेका थिए । यस्तै,...

गल्स अन ह्विल’ प्रतियोगितामा हुने

गल्स अन ह्विल’ प्रतियोगितामा हुने
विराटनगर । नारी दिवसको अवसर पारेर ‘ गल्स अन ह्विल’ प्रतियोगितामा विराटनगरमा हुने भएको छ । विराटनगर प्राइम राउन्ट टेबल–१० को आयोजनामा विराटनगरमा फागुन २४ गते गल्स अन ह्विल प्रतियोगिता गरिने भएको हो । आयोजकले विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरि पाचौं संस्करणको हुन लागेको गल्र्स अन ह्विल प्रतियोगितामा महिलाहरुले मात्र भाग लिन पाउनेछन् । प्रतियोगितामा एक स्कुटरमा दुई जनाको दरमा १ सय वटा स्...

महानगरको सडक सौन्दर्यकरणका लागि प्राइम बैंकको सहयोग

महानगरको सडक सौन्दर्यकरणका लागि प्राइम बैंकको सहयोग
विराटनगर ÷ विराटनगरस्थित बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । विराटनगरस्थित प्राइम बैंक लिमिटेडले सडक सौन्दर्यकरणका लागि २ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । महानगरको सौन्दर्यकरणका लागि क वर्गका बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत २ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएअनुरुप प्राइम बैंकले रकम हस्तान्तरण गरेको हो ...

मोरङलाई हराउँदै आर्मी सेमिफाइनलमा

मोरङलाई हराउँदै आर्मी सेमिफाइनलमा
विराटनगर । विभाग्य टिम त्रिभूवन आर्मी क्लब विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बुधबार भएको पहिलो क्वाटरफाइनल खेलमा आर्मीले घरेलु टिम रिजालको मोरङ ११ लाई १–० गोलले हराउँदै आर्मी सेमिफाइनलमा पुगेको हो । जितको लागि आर्मीका निरज चौधरी नायक बने । उनले पहिलो हाफको ३७ औ मिनेटमा गरेको गोलनै टिमको जितको लागि निर्णाय बन्यो । पथेमन गलेले मध...

अवैध १० जना नेपाली आप्रवासी लिएर अमेरिकी जहाज आज काठमाण्डौ आउँदै

अवैध १० जना नेपाली आप्रवासी लिएर अमेरिकी जहाज आज काठमाण्डौ आउँदै
काठमाण्डौ – अमेरिकी राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले दोस्रो पटक कार्यभार सम्हालेपछि निष्कासित भएका नेपालीमध्ये १० जनालाई लिएर अमेरिकी चार्टर जहाज आज काठमाण्डौ आउँदैछ। अमेरिकी चार्टर जहाज आज बिहान १० बजे काठमाण्डौ आउन लागेको हो । अमेरिकाबाट नेपाल फर्काइएकामाथि अवैध प्रवेश, गैरकानूनी रूपमा बसोबास र अध्यागमन कानून विपरीत काम गरेको आरोप लगाइएको छ । ट्रम्पको कार्यकारी आदेशपछि यसअघि नै २७ नेपाल...

हावाहुरीको कारण फेवातालमा फसेका तीन जनाको सकुशल उद्वार

हावाहुरीको कारण फेवातालमा फसेका तीन जनाको सकुशल उद्वार
पोखरा । सशस्त्र प्रहरीले कास्की जिल्लाको पोखरा महानगरपालिका–६ बाट हावाहुरीमा फसेका तीन जनाको सकुशल उद्धार गरेको छ । कास्की जिल्लाको पोखरा महानगरपालिका–६ स्थित प्याडल बोटमा बोटिङ्ग गरिरहेको अवस्थामा एक्कासी आएको हावाहुरीका कारण तालमा फसेका तीन जनाको कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु टावरमा खटिएको सुरक्षा फौजले  सकुशल उद्वार गरेको हो ।

दिल्लीलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा

दिल्लीलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा
विराटनगर । विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) ९ औं संस्करणको विराट गोल्डकपको क्वाटरफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा मंगलबार भएको दोस्रो दिन खेलमा भारतको सुदेभा दिल्ली फुटबल क्बललाई टाइबेकरमा ५–३ गोलले हराउँदै एपीएफ क्वाटरफाइनलमा पुगेको हो । निर्धारित समयसम्म गोलरहित खेल बराबारी भएपछि जितको छिनोफानो टाइबेकरबाट भएको हो । टाइबेकरमा एपीएफको तर्फबाट सुमन श्रेष्ठ, दिपेश धिमाल, मणि कुमा...