माओवादीले हुलाकी राजमार्ग केन्द्रित अभियान चलाउने

माओवादीले हुलाकी राजमार्ग केन्द्रित अभियान चलाउने
काठमाडौं २१ माघ । नेकपा माओवादी केन्द्रले फागुन १२ गतेबाट 'जनतासँग माओवादी' अभियान चलाउने भएको छ ।    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे नीजि निवास, खुमलटारमा बसेको पदाधिकारी बैठकले हुलाकी राजमार्ग केन्द्रित अभियान चलाउने भएकाे हाे । प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला फागुन ९ गते काठमाडौँमा गर्ने निर्णय गरिएकाे छ भने पार्टीले जितेका १ सय २३ स्थानी...

भोली गण्डकी प्रदेशमा सार्बजनिक बिदा

भोली गण्डकी प्रदेशमा सार्बजनिक बिदा
पोखरा, २१ माघ । गण्डकी प्रदेशले भोली  सार्वजनिक बिदा दिएको छ। मन्त्रिपरिषदको भर्खरै सम्पन्न निर्णयअनुसार माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिए। गण्डकी प्रदेश स्थापनाको अवसरमा सरकारले प्रदेशभर सार्बजनिक बिदा दिने निर्णय गरेको हो।  

मानव खप्पर र नली खुट्टासहित एक पक्राउ

मानव खप्पर र नली खुट्टासहित एक पक्राउ
विराटनगर– विराटनगरमा प्रहरीले ३ दर्जनभन्दा वढि मानव खप्पर र नलिखुट्टासहित आईतबार विहान एक जनालाई पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा रानीस्थित २ नम्बर ढाटबाट विराटनगर महानगरपालिका–१७ का विनोद रायलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो। उनको साथबाट ३८ वटा मानव कंकाल खप्पर र १० वटा नलीखुट्टा बरामद भएको प्रहरीले जनाएको छ। भारतबाट नेपालतर्फ आउँदै गरेको रिक्सामा खानतलासी गर्ने ...

मोरङमा माघ २३ गतेदेखि एचपीभी विरुद्धको खोप लगाईने

मोरङमा माघ २३ गतेदेखि एचपीभी विरुद्धको खोप लगाईने
विराटनगर २० माघ । मोरङमा आगामी माघ २३ गतेदेखि पाठेघरको मुखको क्यान्सर गराउने एचपीभी (ह्युमन प्यापिलोमा भाईरस) विरुद्धको खोप लगाईने भएको छ । माघ २३ देखि फागुन १ गते सम्म दुई चरणमा खोप अभियान सञ्चालन हुने छ । पहिलो चरणमा माघ २३ देखि विराटनगर महानगरपालिका, मिक्लाजुङ गाउँपालिका, लेटाङ नगरपालिका, बेलबारी नगरपालिका, सुन्दरहरैचा नगरपालिका, ग्रामथान गाउँपालिका, बुढीगंगा गाउँपालिका र केरावारी गाउँपालिका...

साहित्यकार कपिल किशोर घिमिरे को कृति ’तरङ्ग’ मुक्तकसङ्ग्र लोकार्पण

साहित्यकार कपिल किशोर घिमिरे को कृति ’तरङ्ग’ मुक्तकसङ्ग्र लोकार्पण
काठमाण्डौं । हामी र हाम्रो कृति समाज ले शनिवार साहित्यकार कपिल किशोर घिमिरे को कृति ’तरङ्ग’ मुक्तकसङ्ग्र लोकार्पण गरेको छ । संस्थाको १९औँ कृतिको रूपमा सो पुस्तकको लोकार्पण भएको छ । हामी र हाम्रो कृति समाजका अध्यक्ष मदन प्रसाद नेपाल ले अध्यक्षता गर्नु भएको उक्त कार्यक्रमको प्रमुख अतिथिको आसनमा वरिष्ठ साहित्यकार ज्ञानुवाकर पौडेल, लोकार्पित कृति ’तरङ्ग’ मुक्तकङ्ग्रहका समीक्षक प्रखर राजनीतिक ...

झापामा छ बालबालिकासहित ६६ जना नयाँ कुष्ठरोगी फेला

झापामा छ बालबालिकासहित ६६ जना नयाँ कुष्ठरोगी फेला
(झापा), माघ १९ गते । झापामा छ बालबालिकासहित ६६ जना कुष्ठरोगीका नयाँ बिरामी फेला परेका छन् । चालु आर्थिक वर्षको साउनदेखि पुससम्ममा सो सङ्ख्यामा नयाँ कुष्ठरोगी फेला परेका हुन् । जिल्ला स्वास्थ्य कार्यालयका कुष्ठरोग ‘फोकल पर्सन’ वीरेन्द्र दासका अनुसार १५ पालिकामध्ये सबैभन्दा बढी भद्रपुरमा ११ नयाँ कुष्ठरोगी फेला परेका छन् । कनकाई नगरपालिका, मेचीनगर, बुद्धशान्ति र अर्जुनधारामा एक-एक, शिवसताक्षीमा...

रोशन राईको शब्द ,संगीतमा हसन र अनुले गरे ‘यो मनको चाहना ‘ (भिडियो )

रोशन राईको शब्द ,संगीतमा हसन र अनुले गरे  ‘यो मनको चाहना ‘  (भिडियो )
काठमाडौं । गायक हसन राई र लोकप्रिय गायिका अनु चौधरीको युगल स्वरमा 'यो मनको चाहना ' बोलको गीतको भिडियो सार्वजनिक भएको छ। रोशन राई 'पालुवास्टार' को शब्द र संगीत तथा फडिन्द्र राइको एरेन्ज रहेको गीतको भिडियोमा हसन राई र बेदना राईको अभिनय रहेको छ। राजेश पुमा राइको निर्देशनमा बनेको भिडियोमा उत्तम हुमागाईको छायांकन र विकास दाहालको सम्पादन रहेको छ । भिडियोलाई (Lungto Creation )को अफिसियल च्यानल मार्फत ...

लोकतन्त्रकामा अभिव्यक्ति र प्रेस स्वतन्त्रता अनिवार्य छ : नेता महर

लोकतन्त्रकामा अभिव्यक्ति र प्रेस स्वतन्त्रता अनिवार्य छ : नेता महर
विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले कांग्रेस लोकतान्त्रिक प्रणालीको अनुयायी भएकाले प्रजातन्त्र बाँच्नका लागि अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता अनिवार्य भएको बताएका छन्। भैरहवा विमानस्थलमा पत्रकारसँग नेता महरले उक्त प्रतिक्रिया दिएका हुन्। यसलाई कुण्ठित हुने, खलल पुर्‍याउने, यसमा प्रतिबन्ध गर्ने र समस्या ल्याउने कुनै कुरामा कांग्रेसको सहमति...

विराट एक्स्पोमा गायिका तृष्णा गुरुङले मचाइन धुम

विराट एक्स्पोमा गायिका तृष्णा गुरुङले मचाइन धुम
विराटनगर / विराटनगरमा जारी विराट एक्स्पोमा मंगलबार राती गायिका तृष्णा गुरुङले माहोल तताएकी छिन् । विराटनगर १४ स्थित डिग्री क्याम्पसको खेल मैदानमा माघ १२ गतेदेखि शुरु भएको ‘विराट एक्स्पो २०२५’ मा मंगलबार राती ८ बजे गायिका तृष्णा गुरुङको व्याण्डको प्रस्तुति दिँदा एक्स्पोको माहोल तातेको थियो । अहिलेकी युवा पुस्तामा निकै नै लोकप्रिय गायिका तृष्णा गुरुङले साँझको बेला, गुरासै फुल्यो बोलको गितबाट प्रस...

९२ जना ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य जाँच

९२ जना ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य जाँच
विराटनगर ÷ विराटनगर महानगरपालिकाको समन्वयमा विराटनगर—११ स्थित ज्येष्ठ नागरिक वडा समिति तथा योग ध्यान केन्द्रमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ९२ जना ज्येष्ठ नागरिकले स्वास्थ्य जाँच गराएका छन् । स्वास्थ्य कार्यालय मोरङको आयोजना, विराटनगर महानगरपालिकाको समन्वय तथा नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा ज्येष्ठ नागरिकलाई लक्षित गरी एकदिने स्वास्थ्य शिविर सम्पन्न भयो । शिविर...