विराटनगर महानगरपालिकालाई सरसफाई मोबाइल एम्बुलेन्स रिक्सा हस्तान्तरण
विराटनगर ÷ विराटनगरलाई सफा, सुन्दर र हराभरा बनाउन सामाजिक संस्थाहरुले समेत चासो देखाउन थालेका छन् । पछिल्लो समय विराटनगर धेरै नै सफा र सुन्दर देखिएको बताउँदै नेपाल अग्रवाल सभा विराटनगरले महानगरलाई दुई थान रिक्सा हस्तान्तरण गरेको छ । सरसफाई अभियानलाई अझै प्रभावकारी बनाउन महानगरलाई रिक्सा हस्तान्तरण गरेको सभाले जनाएको छ । महानगर परिसरमा आयोजित कार्यक्रममा सभाका अध्यक्ष राजकुमार अग्रवालले महानगरका मे...














