राष्ट्रिय जागृतिलाई हराउँदै एनआरटी झापा कपको फाइनलमा
काठमाण्डौ – न्यूरोड टिम (एनआरटी) प्रथम झापा कपको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनल खेलमा आज राष्ट्रिय जागृति क्लब इटहरीलाई पेनाल्टी सुटआउटमा हराउँदै एनआरटी फाइनलमा पुगेको हो ।
बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा भएको खेलमा निर्धारित ९० मिनेटमा कुनै पनि टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । एनआरटीले राष्ट्रिय जागृति क्लबलाई पेनाल्टी सुटआउटमा ३–० गोलले हरायो ।
...














